News Portal

मकाउमा लाखे नाच र साकेला सहित नेपाल भ्रमण बर्षको उद्घाटन हुने

सन्जिब कोयी
१०७१ पटक

पौष २२, मकाउ। नेपाल सरकारले धोषणा गरेको भ्रमण बर्ष सन् २०२० उत्सवको रुपमा मनाउने लक्षसहित नेपाल सरकारले औपचारिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर सातै प्रदेशका मुख्य मन्त्रीहरुले उद्घाटन गरीसकेका छन् ।

नेपाल भ्रमण बर्ष सन् २०२० सचिवालयको तर्फबाट राष्ट्रिय कार्यक्रम संयोजक सुरज श्रेष्ठ तथा गैर-आवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्तले १७ बुदे सहमति पत्रमा हस्ताक्षर गर्दै भ्रमण बर्षको लागि आवश्यक पहल गर्ने समजदारी सहित विभिन्न मुलुकमा सहकार्य गर्दै प्रचार प्रसार गरीरहदा मकाउमा पनि पर्यटकलाई नेपाल भ्रमणको लागि प्रर्वद्धन गर्ने उद्देश्य सहित यही जनवरी १२ तारिख आइतावार करिब ९:३० भेला भएर ९:४५ बजे मकाउको एतिहासिक मुख्य केन्द्र सानमालोबाट मकाउका विभिन्न पर्यटकीय आार्शषण केन्द्र मानिएका स्थान प्रयोगगरी पैदल यात्रा गरेर नेपाल भ्रमण बर्ष सफल बनाउन प्रचार प्रसार गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गैर-आवासीय नेपाली संघ मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङले हिमाली सञ्चारसंग बताउदै मकाउमा कार्यरत नेपाली समुदायको गौरवमय उपस्थितको आग्रह गरेका छन्।

महावाणीज्य दूतावास हङकङ/मकाउको आयोजना तथा गैर-आवासीय नेपाली संघ लगायदका विभिन्न संघ संस्थाको सहकार्यमा भ्रमण बर्षको कार्यक्रम सम्पन्न हुन लागेको हो। मकाउका पर्यटन सम्बन्धि सरोकार राख्ने पत्रपत्रिका तथा स्थानीय टेलिभिजनको पनि सहभागीता रहने, कार्यक्रममा अन्य मुलुका सरकार प्रतिनिधिहरु समेतलाई आमन्त्रित गरिएको आयोजकले जानकारी दिदै पर्यटन वर्ष भब्य रुपमा उद्घाटन गर्ने तयारी पुरा भएको हो।

नेपाली मौलिक नौमति बाजा, लाखे नाच, सेरगा र किरात साकेला नाच मुख्य आकर्षण सहित जातिय भेषभूषा साथमा canvas painting exhibition प्रदर्शनी समेत रहने भ्रमण बर्षको प्रचार प्रसार कार्यक्रम सिन्त्रा होटेल अगाडीको पार्क (Amizade square) सम्म गएर कार्यक्रम सम्पन्न हुने गैर-आवासीय नेपाली संघका अध्यक्ष पुर्ण बहादुर गुरुङले जानकारी सहित मकाउमा रहनु हुने नेपाली समुदायहरुमा कार्यक्रम प्रभावकारी साथै विशेष बनाउन सल्लाह, सुझाव सहित उपस्थितको लागि हार्दिक अनुरोध गरेका छन्। 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...