News Portal

मकाउमा लाखे नाच र साकेला सहित नेपाल भ्रमण बर्षको उद्घाटन हुने

सन्जिब कोयी
११३० पटक

पौष २२, मकाउ। नेपाल सरकारले धोषणा गरेको भ्रमण बर्ष सन् २०२० उत्सवको रुपमा मनाउने लक्षसहित नेपाल सरकारले औपचारिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर सातै प्रदेशका मुख्य मन्त्रीहरुले उद्घाटन गरीसकेका छन् ।

नेपाल भ्रमण बर्ष सन् २०२० सचिवालयको तर्फबाट राष्ट्रिय कार्यक्रम संयोजक सुरज श्रेष्ठ तथा गैर-आवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्तले १७ बुदे सहमति पत्रमा हस्ताक्षर गर्दै भ्रमण बर्षको लागि आवश्यक पहल गर्ने समजदारी सहित विभिन्न मुलुकमा सहकार्य गर्दै प्रचार प्रसार गरीरहदा मकाउमा पनि पर्यटकलाई नेपाल भ्रमणको लागि प्रर्वद्धन गर्ने उद्देश्य सहित यही जनवरी १२ तारिख आइतावार करिब ९:३० भेला भएर ९:४५ बजे मकाउको एतिहासिक मुख्य केन्द्र सानमालोबाट मकाउका विभिन्न पर्यटकीय आार्शषण केन्द्र मानिएका स्थान प्रयोगगरी पैदल यात्रा गरेर नेपाल भ्रमण बर्ष सफल बनाउन प्रचार प्रसार गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गैर-आवासीय नेपाली संघ मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङले हिमाली सञ्चारसंग बताउदै मकाउमा कार्यरत नेपाली समुदायको गौरवमय उपस्थितको आग्रह गरेका छन्।

महावाणीज्य दूतावास हङकङ/मकाउको आयोजना तथा गैर-आवासीय नेपाली संघ लगायदका विभिन्न संघ संस्थाको सहकार्यमा भ्रमण बर्षको कार्यक्रम सम्पन्न हुन लागेको हो। मकाउका पर्यटन सम्बन्धि सरोकार राख्ने पत्रपत्रिका तथा स्थानीय टेलिभिजनको पनि सहभागीता रहने, कार्यक्रममा अन्य मुलुका सरकार प्रतिनिधिहरु समेतलाई आमन्त्रित गरिएको आयोजकले जानकारी दिदै पर्यटन वर्ष भब्य रुपमा उद्घाटन गर्ने तयारी पुरा भएको हो।

नेपाली मौलिक नौमति बाजा, लाखे नाच, सेरगा र किरात साकेला नाच मुख्य आकर्षण सहित जातिय भेषभूषा साथमा canvas painting exhibition प्रदर्शनी समेत रहने भ्रमण बर्षको प्रचार प्रसार कार्यक्रम सिन्त्रा होटेल अगाडीको पार्क (Amizade square) सम्म गएर कार्यक्रम सम्पन्न हुने गैर-आवासीय नेपाली संघका अध्यक्ष पुर्ण बहादुर गुरुङले जानकारी सहित मकाउमा रहनु हुने नेपाली समुदायहरुमा कार्यक्रम प्रभावकारी साथै विशेष बनाउन सल्लाह, सुझाव सहित उपस्थितको लागि हार्दिक अनुरोध गरेका छन्। 

 

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...