News Portal

मिनी पानीजहाजकाे सफल परीक्षण

हिमाली संचार संवाददाता
६७० पटक

 

चितवन: चितवनमा बनिरहेको मिनी पानीजहाज नारायणी नदीमा सफल परीक्षण गरिएको छ। नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको मिनी पानीजहाज नदीमा चलाएर परीक्षण गरिएको हाे । 

भरतपुर महानगरपालिका ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा लामो समय देखि बन्दै गरेको ‘मिनी पानीजहाज आइतबार दिउँसो परीक्षण सफल भएको बताइएको छ ।

मिनी पानीजहाज बनाइएको ठाउँबाट करिब एक किलोमिटरसम्म जहाज चलाएर परीक्षण गरिएको हो । एक सय फिट लम्बाइ र २५ फिट चौडाइ रहेको मिनी पानीजहाजको निर्माण गत वर्ष थालिएको थियो । निर्माण सम्पन्न हुदा यसको कुल लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

नर्वेजियन प्रविधि प्रयोग गरेर बनिरहेकाे मिनी जहाजमा भारतीय प्राविधिकहरुले काम गरिरहेका छन् । मिनी पानीजहाजमा दुई वटा इञ्जिन हुने छन् । जहाजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति पनि सबै भागमा पानी नजाने गरी सुरक्षित डिजाइन गरिएको छ ।

मिनी पानी जहाजमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना बनाइएको छ । पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता रहने छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...