आज : २०२६-०६-०५, शुक्रबार

माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लव कुवेतको ८औं अधिबेशनकाे तयारी पुुुरा

कुवेत १५, २०१९ डिसेम्बर : कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ कुवेतको २०औं बार्षिकत्सव तथा ८औं अधिबेशन यही आउदो आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबार २०१९ कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको क्लवका खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राईले जानकारी दिएका छन्।

कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाई अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

क्लवकाअनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने बताउछन।

उक्त दिनहुने कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्।

साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि क्लब अध्यक्ष ईन्द्र प्रसाद पोखरेल उपस्थितिको लागी सम्पूर्णमा हार्दिक आग्रह गरेका छन।

तपशिल:

समय : बिहान ११ बजे
मिति : २० डिसेम्बर २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ कुवेत।