आज : २०२६-०६-०५, शुक्रबार

दूतावास कुवेतले गर्‍यो अलपत्र २१ जना नेपालीको उद्वार

कुवेत ०८, २०१९ डिसेम्बर : कुवेतमा अलपत्र परेका २१ नेपाली स्वदेश फर्किएका छन्। अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनीमा काम गर्ने २१ नेपाली कामदारको नेपाली दूतावासले उद्दार गरेको हो।

नेपाल फर्किएका कामदार वैदेशिक रोजगार विभागको सम्पर्कमा आएकाको महानिर्देशक भीष्मकुमार भुसालले बताए। उनीहरुको औपचारिक उजुरी विभागले दर्ता गरेको उनले जानकारी दिए। यसका लागि कुवेतस्थित नेपाली राजदूतावासलाई धन्यवाद दिन चाहन्छौं,’ उनले भने।

‘भिसा स्टाटस’ अवैधानिक भइदिँदा कामदारको उद्दारमा कठिनाई भएको थियो। कुवेती अध्यागमनको कालोसूचीमा परेपछि उनीहरुलाई फिर्ता गर्न जरिवाना नै तिर्नुपर्ने अवस्था थियो। त्यसैले दूतावासले उनीहरुलाई कालोसूचीबाट हटाउन पहल गरिरहेको थियो।

कम्पनीका कारण नै अवैध बन्न पुगेका उनीहरुले साढे २ महिनाको तलब पाउनै बाँकी थियो। उनीहरु ग्लोबल राइजिङ प्लेसमेन्टबाट त्यहाँ पुगेका थिए। सुरुको चौंथो महिनाबाट तलब नपाएका उनीहरुले कुवेतको आवासीय अनुमतिपत्र -पतका) पनि पाएका थिएनन्।

दूतावासमा समस्या जानकारी गराएपनि उनीहरुको समस्या समाधान हुन सकेन। उनीहरु कम्पनीले उपलब्ध गराएको घरमा बसेपनि भाडा नतिरिदिएपछि थप समस्यामा परेका थिए।

दूतावासले घर मालिकलाई अनुरोध गरेर राखेको थियो। २ महिना अघि भने कम्पनी नै बन्द हुन पुग्यो। जसका कारण उनीहरु थप समस्यामा परेका थिए।