News Portal

दूतावास कुवेतले गर्‍यो अलपत्र २१ जना नेपालीको उद्वार

हिमाली संचार संवाददाता
९१३ पटक

कुवेत ०८, २०१९ डिसेम्बर : कुवेतमा अलपत्र परेका २१ नेपाली स्वदेश फर्किएका छन्। अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनीमा काम गर्ने २१ नेपाली कामदारको नेपाली दूतावासले उद्दार गरेको हो।

नेपाल फर्किएका कामदार वैदेशिक रोजगार विभागको सम्पर्कमा आएकाको महानिर्देशक भीष्मकुमार भुसालले बताए। उनीहरुको औपचारिक उजुरी विभागले दर्ता गरेको उनले जानकारी दिए। यसका लागि कुवेतस्थित नेपाली राजदूतावासलाई धन्यवाद दिन चाहन्छौं,’ उनले भने।

‘भिसा स्टाटस’ अवैधानिक भइदिँदा कामदारको उद्दारमा कठिनाई भएको थियो। कुवेती अध्यागमनको कालोसूचीमा परेपछि उनीहरुलाई फिर्ता गर्न जरिवाना नै तिर्नुपर्ने अवस्था थियो। त्यसैले दूतावासले उनीहरुलाई कालोसूचीबाट हटाउन पहल गरिरहेको थियो।

कम्पनीका कारण नै अवैध बन्न पुगेका उनीहरुले साढे २ महिनाको तलब पाउनै बाँकी थियो। उनीहरु ग्लोबल राइजिङ प्लेसमेन्टबाट त्यहाँ पुगेका थिए। सुरुको चौंथो महिनाबाट तलब नपाएका उनीहरुले कुवेतको आवासीय अनुमतिपत्र -पतका) पनि पाएका थिएनन्।

दूतावासमा समस्या जानकारी गराएपनि उनीहरुको समस्या समाधान हुन सकेन। उनीहरु कम्पनीले उपलब्ध गराएको घरमा बसेपनि भाडा नतिरिदिएपछि थप समस्यामा परेका थिए।

दूतावासले घर मालिकलाई अनुरोध गरेर राखेको थियो। २ महिना अघि भने कम्पनी नै बन्द हुन पुग्यो। जसका कारण उनीहरु थप समस्यामा परेका थिए।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...