धरानमा कांग्रेसका तिलक राई मेयरमा निर्वाचित

धरान १६, २०७६ मंसिर : धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन्।
उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरे। तिलकले २६ हजार ७०९ मत पाएका छन्। प्रकाशले भने २३ हजार ९१४ मत पाए। धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो।
०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए। उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो।











