News Portal

पूर्वपरराष्ट्र सचिव आचार्य भन्छन् : सीमा विवादमा देउवाको बुद्धिमतालाई धन्यवाद

हिमाली संचार संवाददाता
८८७ पटक

काठमाडौं १४, २०७६ मंसिर : पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले सन् २००३ मा भएको प्रधानमन्त्रीको भारत भम्रणका क्रममा जारी हुने संयुक्त वत्तव्यमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको बुद्धिमतापूर्ण निर्णयका कारण सन् १९५० को सन्धी र कालापानीको सीमा विवाद समावेश भएको स्पष्ट पारेका छन्।

सन् २००१ देखि २००५ सम्म  परराष्ट्र सचिव रहेर नेपाल र भारतबीच भएको द्विपक्षीय वार्तामा सहभागी भएका आचार्यले ट्वीटमार्फत स्पष्ट गरेका हुन्।

‘सन् १९५० को सन्धि र कालापानीको विषय हटाउनका लागि मलाई कन्भिन्स गर्न प्रयासका लागि नेपालका लागि तत्कालीन भारतीय राजदूत श्याम शरणले दुई जना प्रभावशाली राजनीतिक व्यक्तित्वलाई पठाए।

हामीले जोड गरिरह्यौँ र त्यो एजेन्डा जीवित राख्न सक्यौँ, त्यसमा नेपालको अडान परिवर्तन नगर्ने प्रधानमन्त्री देउवाको बुद्धिमतालाई पनि धन्यवाद भन्नुपर्छ’ आचार्यले भने।

भारतले हालै नयाँ नक्सा जारी गरेपछि कालापानी र लिपुलेख समेत समावेश गरेपछि यसका विभिन्न कोणबारेमा छलफल हुँदै आएको छ।

यसै सन्दर्भमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल भारतसँग वार्ता गरेर नेपाली भूमि फिर्ता गराउन पहल गर्न आग्रह गर्दै आएका छन्।

सरकारले नेपाली भूमि फिर्ता गर्न सरकारले कुनै पहल नगरेको भन्दै कतै भारतले हालै जारी गरेको नक्सा प्रधानमन्त्री ओलीको पनि सहमतिमा आएको त होइन भन्ने आशंका समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...