News Portal

गाउँपालिकाकाे अध्यक्ष नै कमिसन धन्दामा

हिमाली संचार संवाददाता
७४० पटक

केबि बुढा/कालिकोट १२, २०७६ मंसिर : कालिकोट जिल्लाका ९ वटा स्थानीय तह मध्येकाे एक गाउँपालिका हाे शुभकालिका गाउँपालिका शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई कमिसन धन्दामा लागेकाे कुरा सार्वजनिक भएको छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए देखि नै गाेप्यमा कमिशन लिने गरेको रहस्य खुलेको हो । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अनलाइन प्रणाली मार्फत मिति २०७६ साल भदौ १७ गते सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण अायाेजना अन्तर्गत ७५३ वटै स्थानीय तहमा रहने सेवा इकाईका लागि जारी गरेकाे बिज्ञापन अन्तरर्गत फिल्ड सहायक पदमा जागिर मिलाई दिन्छु भन्दै एक लाख घुस लिएको प्रमाण भेटिएको छ ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौलागाईले स्थानीय भुपेन्द्र तिमिल्सेनाबाट १ लाख रुपैयाँ घुस लिएकाे कुरा सार्वजनिक भएकाे हाे । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले विभिन्न स्थानीय तहमा ठुलो संख्यामा सामाजिक सुरक्षा कर्मचारी माग गरेको थियो । फिल्ड सहायक पदमा नाम निकाल्छु भन्दै रकम उठाएका हुन् । यता गाउँपालिका अध्यक्ष चौलागाईले एक लाख सापटी लिएको बताएका छन् । नाम निकाल्न सकस भएपछि एक लाख फिर्ता दिने मौखिक सहमति भएको छ ।

एक लाख बरावरको घुस दिनेले व्याज मागेपछि ब्याज नदिएरै रकम फिर्ता गर्ने हेतुमा अध्यक्ष चौलागाई छन् । फिल्ड सहायकका लागि शुभकालीका गाउँपालिकाका २ जना अन्तरर्वाताका लागि छनोटमा परेका थिए । भुपेन्द्र तिमिल्सेना र गोविचन्द्र तिमिल्सेना, अन्तरवार्ताका लागि छनोटमा परेपछि आफ्नो नाम निकाल्नका लागि १ लाख घुस दिएका भुपेन्द्रको नाम सफल नभएपछि अध्यक्ष चौलागाईसँगको फोन रेकर्ड बाहिरीएको थियो ।

फोन रेकडमा आफुले १ लाख लिएको तर नाम ननिक्लेपछि फिर्ता गर्ने अध्यक्ष चौलागाईले बताएका छन् । यता भुपेन्द्र तिमिल्सेनाले आफुले गाउँपालिका अध्यक्षलाई घुस भनेर एकलाख नदिएको बताएका छन् । तर, उनले फोन रेकडमा भने आफुले नाम निकाल्दिने भन्दै रकम दिएको बताएका हुन् । उनको यी दुईवटै रेकड सुन्ने हो भने एक लाखभन्दा धेरै अन्यबाट आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।

गाउँपालिका अध्यक्षको यो हर्कतले नेकपा शुभकालिकाका स्थानीय नेता आक्रोसित बनेका छन् । सरकारको कानुन तोड्ने चौलागाइलाई पार्टीबाट पनि निलम्वन गरिनुपर्ने चौतर्फी बिराेध तथा आवाज उठेकाे छ । यस्तै अन्य योजनामा पनि कसिन उठाउने गरेको स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...