आज : २०२६-०७-१९, आइतबार

सुर्य खड्का र नरेश बोहोराले सिमाको खबरदारी गर्दै ल्याए “नालापानी र लिपुलेख” गीत [भिडियो सहित]

तिलक बोहरा
काठमाण्डौ ०३, २०७६ मंसिर : यतीबेला नेपाली जनताको रगत उम्लिरहेको छ त्यो नेपाली रोजगारको शिलशिलामा भारत, जापान, मलेसिया, सिउदीअरब, कतार, कुवेत चाहे बिश्वको कुनै पनि कुनामा होस।

बाध्यताले परदेशीनु परे पनि मातृभुमीको कती माया र मोह हुन्छ भन्ने कुरा नेपालीहरूले आ-आफ्नो ठाउंबाट कुनै न कुनै माध्ययमबाट ब्यक्त गरेका छन्।

सबैलाई अबगत नै छ कि पछिल्लो पटक भारतले नेपाली भुमी अतिक्रमण गरेर नक्सा निकालेको कुरा। यही कुराले बिर गोर्खालीको रगत उम्लिएको छ।

आफ्नो जननीको रक्षाका लागि ज्यान दिन र ज्यान लिन पनि तयार भइरहेका छन। खुलेआम हातहतियार सहितका भारतिय सेना र पुलिसहरूको अगाडी डटेर आफ्नो भुमी छोड्न दवाव दिईरहेका छन।

यही क्रममा भारतिय सेनामा कार्यरत रहेर पनि मातृभुमीमा भारतले गीद्दे नजर लगाएको सहन नसकी सर्जक नरेश बोहोराले खुकुरीले टाउको छिनाएको र गोर्खालीको छोरो भनि संसारभर चिनाएको कुरा भारतिय पक्षले नभुल्न र यदि कालापानी, लिपुलेक नछोडे त्यही हबिगत भोग्न तयार हुन आग्रह गर्दै गीत मार्फत आगो बालेका छन।

जापानमा रहेर नेपाली गीत संगीतलाई माया गर्दै समसामयीक बिषय बस्तुका गीत गाउंदै धेरैको मन जित्न सफल स्वरका धनी गायक सुर्य खड्काले उक्त गीतलाई अत्यन्त उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन।