News Portal

प्रहरीले समात्यो ६ लाख बराबरको अबैध काठ

हिमाली संचार संवाददाता
८२७ पटक

रबिन्द्र बराल
मोरङ २२, २०७६ कार्तिक : ईलाका प्रहरी कार्यलय झिलझिल्लेले ठुलाे परिमाणमा अबैध काठ बरामद गरेको छ।

शिबसताक्षी नगरपालिका १० स्थित दोमुखामा रहेको वनबाट साल जातको काठ अज्ञात ब्याक्तीहरुले चोरी गर्दै लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीकाे बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक कोमल ठाकुरको कमाण्डमा गएकाे गस्ती टाेलिले कनकाई माई खोलाको पश्चिम तर्फको किनारमा पानी भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त साल जातको गोलिया काठ बरामद गरेको हाे।

१५ थान गाेलिया काठ बराबरको रहेको र अन्दाजी ६ लाख रुपैयाँ बराबरको काठ रहेको प्रहरीले जनाएको छ।

उक्त बेबारिसे काठ आबश्यक कारबाहीको लागी कनकाई सवडिभिजन बन कार्याललय कनकाई सुरुङ्गा झापामा बुझाएकाे प्रहरी जनाएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...