News Portal

अनशनरत् डा. केसीको स्वास्थ्यमा समस्या

हिमाली संचार संवाददाता
६३३ पटक

डडेल्धुरा २२, २०७६ कार्तिक : अनशनरत् डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ।

केसीको उपचारमा संलग्न डा. जितेन्द्र कंडेलका अनुसार उनको रक्तचापमा उत्तराचढाव देखिएको छ। साथै उनको पिसाबमा पनि संक्रमण देखिएको उनले बताए।

गत सोमबारदेखि डडेल्धुराको अस्पताल रोडस्थित निलकण्ठ भट्टको घरमा केसीले १७ औं अनशन थालेका हुन्। डडेल्धुराको सरकारी अस्पतालमा अनशन बस्न नमानेपछि आफ्नो घरको तेस्रो तलामा अनशनका लागि दिएको घरधनी भट्टले बताए।

डडेल्धुराको सरकारी अस्पतालका स्वास्थकर्मीसमेत रहेका भट्टले केसीका माग जनतामुखी भएकाले सरकार संवेदनशील बन्नुपर्ने तर्क राखे। उनले भने, ‘डा. केसी सरकारी अस्पतालमा बस्न मान्नु भएन।

जनताले राम्रो सेवा, सुविधा पाउनु पर्छ भन्दै काठमाडौंबाट आउनु भएकाले स्वास्थ्यलाई ध्यानमा दिँदै मेरो घर अस्पताल नजिकै भएकाले यही व्यवस्था गरिएको हो।

डा. केसीको अनशनमा स्थानीयवासीको समर्थन रहेको भट्टले बताए। उनको सर्मथनमा स्थानीय नागरिक समाजको अगुवाईमा डडेल्धुराको बागबजारदेखि अनशनस्थलसम्म जुलुस निकालिएको थियो।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...