News Portal

नेवाः गुठी कुवेतले म्हपूजा हर्सोल्लासपुर्वक मनायाे

हिमाली संचार संवाददाता
१२१४ पटक

कुवेत – संस्कृति हराए हाम्रो पहिचान हराउने छ भन्ने मनसायका साथ २०११ मा स्थापना भएको नेवाः गुठी कुवेतको हिँजोको कार्यक्रम गुठी कुवेतले १ नोभेम्बर २०१९ शुक्रबारको दिन सांझ नेपाली राजदूतावास, एनअारएन, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार लगायत नेपाली समाज कुवेतमा कृयाशिल व्यक्ति ब्यक्तित्वहरू तथा सम्पुर्ण नेवाः दाजुभाइ एवं दिदीबहिनीहरूकाे सामुहिक उपस्थितिमा एक विशेष समारोहको अायोजना गरी कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा नयाँ वर्ष तथा म्हपूजा भव्य रूपमा मनाएको हो।

नेपाल संवत ११४० तथा म्हपूजाको अाैपचारिक शुभकामना अादान-प्रदान पश्चात शुरू भएको थियाे।

संस्थाका अध्यक्ष सुरज मास्केको सभाध्यक्षता तथा नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गा प्रासद भण्डारी दम्पतिको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त समारोहमा संस्थाका संरक्षक शिब श्रेष्ठ, सल्लाहकार कल्याण कुमार श्रेष्ठ, एनअारएनए कुवेतका अध्यक्ष सुजन केसि, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्याैपाने, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, किराँत राइ यायोक्खाका अध्यक्ष मञ्जित राइ, काेसेली समुह कुवतेका अध्यक्ष अानन्द अाचार्य, नेपाली प्रवासी ट्याक्सी ब्यावसायी महासंघका अध्यक्ष सुन बहादुर तामाङ लगायतको समुपस्थितिमा राष्ट्रिय संवतको रूपमा मान्यता प्राप्त गरेको नेपाल संवतको नयाँवर्ष ११४० तथा म्हपुजा कार्यक्रम सम्पन्न गरिएको थियो।

दिप प्रज्वलन र नयाँवर्षको केक काटेर शुरू भएको उक्त विशेष कार्यक्रममा महामहिम राजदूत भण्डारीले शुभकामना दिंदै विविधतामा अनेकता र अनेकतामा एकता भएको हाम्रो देश नेपालमा धेरै भाषा संस्कार र संस्कृति रहेको बताउँदै संस्कृतिको धनि देश नेपालका नेपालीहरूले नेपालको नाम उज्यालो पार्न हरेक जात, वर्ग र समुदायले अा-अाफ्ना संस्कार, संस्कृति र परम्परालाइ अवछिन्न रूपमा कायम राखेमा देश सांस्कृतिक सम्पदाले धनि हुने बताउँदै नेवाः गुठी कुवेतले प्रवासमा समेत अाफ्नो संस्कार र संस्कृति जोगाइ राख्न नेपाल संवत ११४० तथा म्हपुजा अायोजना गरेकोमा अाफ्नो व्यक्तिगत तथा दूतावासको तर्फबाट सिंगो नेवाः गुठीलाइ धन्यवाद दिंदै हरेक समुदायका संस्कार र संस्कृति सम्पुर्ण नेपालीको लागि मोलिक संस्कृति भएकोले एकले अर्कोसँग भाइचारा र भातृत्व कायम गर्दै संस्कृति संरक्षणमा लाग्नु पर्ने बताए।

उक्त कार्यक्रममा कुवेतमा कृयाशिल अन्य संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधिहरूले नेपाल संवत ११४० तथा म्हपूजा विशेष कार्यक्रमका सभाध्यक्ष सुरज मास्केले नेवाः गुठीले अायोजना गरेको उक्त विशेष कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ भव्य र हर्षोस्लासपुर्वक सम्पन्न गराउने उर्जा थपिदिनु हुने नेपाली राजदूतावासका महामहिम राजदूत लगायत नेपाली समुदाय कुवतेमा कृयाशिल संघ संस्थाका पदाधिकारी, प्रतिनीधि, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी कलाकार लगायत कार्यक्रम हलमा उपस्थित गैर नेवार तथा सम्पुर्ण नेवार दाजु भाइ तथा दिदीबहिनीहरूलाई धन्वायवाद दिए।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...