News Portal

निषेधित क्षेत्रमा प्रहरी हस्तक्षेप, मृत्यु हुनेको संख्या ७४ पुग्यो

हिमाली संचार संवाददाता
७३८ पटक

बग्दाद २९, २०१९ अक्टोबर : इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय भन्दा बढी घाइते भएका छन्। आन्दोलनकारीहरुले बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको बेथितिलगायतका विरुद्धमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन्।

मानव अधिकारका लागि इराकी स्वतन्त्र उच्च आयोग आइएचसीएचआरका सदस्य अली अल बायतीले यही अक्टोबर २५ देखि २७ सम्म सुरक्षाकर्मी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिनुभयो।

मृत्यु भएका मध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो। प्रदर्शनकारीले सुरक्षाकर्मीहरुको केन्द्रीय कार्यालयमै आक्रमणको प्रयास गरेका थिए। अल बायातीले प्रदर्शनकारी र सुरक्षाकर्मी गरी कुल ३ हजार ६५४ जना घाइते भएको जानकारी दिनुभयो।

घाइतेहरुलाई भने अश्रुग्यासको असर धेरै देखिएको छ। उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। तीन दिने प्रदर्शनको अवधिमा ९० ओटा भवन जलेका छन् भने अरु पनि धेरै घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन्।

सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, साउण्ड बम, लठ्ठी आदि प्रयोग गरेका थिए। प्रदर्शनकारीहरुले केन्द्रीय राजधानी बग्दादसहित अन्य मुख्य सहरहरुमा पनि प्रदर्शन गरेका थिए।

सरकार विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले बिहानैदेखि प्रदर्शन गरेका थिए। उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

धि क्वार, बार्सा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफ लगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुले अहिलेको अवस्थामा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, रोजगारी सृजना गर्नुपर्ने लगायतका माग गरेका छन्। रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...