News Portal

निषेधित क्षेत्रमा प्रहरी हस्तक्षेप, मृत्यु हुनेको संख्या ७४ पुग्यो

हिमाली संचार संवाददाता
५८१ पटक

बग्दाद २९, २०१९ अक्टोबर : इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय भन्दा बढी घाइते भएका छन्। आन्दोलनकारीहरुले बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको बेथितिलगायतका विरुद्धमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन्।

मानव अधिकारका लागि इराकी स्वतन्त्र उच्च आयोग आइएचसीएचआरका सदस्य अली अल बायतीले यही अक्टोबर २५ देखि २७ सम्म सुरक्षाकर्मी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिनुभयो।

मृत्यु भएका मध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो। प्रदर्शनकारीले सुरक्षाकर्मीहरुको केन्द्रीय कार्यालयमै आक्रमणको प्रयास गरेका थिए। अल बायातीले प्रदर्शनकारी र सुरक्षाकर्मी गरी कुल ३ हजार ६५४ जना घाइते भएको जानकारी दिनुभयो।

घाइतेहरुलाई भने अश्रुग्यासको असर धेरै देखिएको छ। उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। तीन दिने प्रदर्शनको अवधिमा ९० ओटा भवन जलेका छन् भने अरु पनि धेरै घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन्।

सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, साउण्ड बम, लठ्ठी आदि प्रयोग गरेका थिए। प्रदर्शनकारीहरुले केन्द्रीय राजधानी बग्दादसहित अन्य मुख्य सहरहरुमा पनि प्रदर्शन गरेका थिए।

सरकार विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले बिहानैदेखि प्रदर्शन गरेका थिए। उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

धि क्वार, बार्सा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफ लगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुले अहिलेको अवस्थामा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, रोजगारी सृजना गर्नुपर्ने लगायतका माग गरेका छन्। रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...