News Portal

बिरामी कुन्छाङको आश्रय बन्यो गोठ !

नरजन तामाङ
५८६ पटक
२२ असोज २०७६ हुम्ला

नाम्खा गाउँपालिका २ की २५ वर्षीया कुन्छाङ लामालाई उनकै परिवारले ७ महिनादेखि गोठमा राखेका छन्।

बिरामी परेर ओच्छ्यानमै दिसा पिसाब हुन थालेपछि अभिभावकले नै उनलाई गोठमा राख्न थालेका हुन्। उनलाई गोठमा रातभरी थुनेर राख्ने गरिएको छ।

कुन्छाङका बुबा नर्वु लामाले ओच्छ्यानमै दिसा पिसाव हुन थालेपछि गोठमा राखेको बताए। गोठमा उनलाई राखेर रातभरी ताला लगाउने गरिएको छ। उनका घरपरिवारले आफु खाना खाएर कुन्छाङ्ग लामालाई अन्तिममा खाना गोठमै पु¥याउने गरेका छन्।

चैत महिनादेखि चिसो जमिन भएको गोठ र एउटा कम्बलको भरमा कुन्छाङले रात बिताइरहेकी छिन्। कुन्छाङकी आमा लैकु लामा विरामी परेर उपचारका लागि गएका स्वास्थ्यकर्मीले भेटेर उनलाई नुहाइदिएका छन्।

जुम्रा परेर शरिर फोहर भएकी लामालार्ई नाम्खा गाउँपालिका २ स्थित केर्मी आधारभुत स्वास्थ्य एकाईमा कार्यरत अनमि सन्जु रावल, र सुहाना हमालले सरसफाई गरिदिएका हुन्। लामालाई गाउँकै धारोमा लगेर नुहाइदिएको रावलले बताइन।

लामाको पीडा थाहा पाएर पुगेका उनीहरुले गोठबाट निकालेर नुहाइदिएका हुन्। अनमी रावलले लामाको अवस्था सारै दयानिय भएको बताइन्।

‘हामीले उनका बुबाआमालाई उपचारका लागि हुम्ला अस्पतालमा ल्याउन भनेका छौं,’ उनले भनिन, ‘उपचार गर्दा ठिक हुन सक्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...