News Portal

लालीगुराँस सांस्कृतिक कुवेतको दशै विशेष कार्यक्रमको तयारी पूरा

कुवेतमा मुन्द्रे र जीवन शर्माले धमका मच्चाउने !

हिमाली संचार डटकम
१२८१ पटक
कमल सिंह ठकुरी

२ अक्टोबर २०१९ कुवेत : लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको आयोजनामा यहि शुक्रबार कुवेतको खैतानस्थित राजधानी रेस्टुरेन्टमा हुन लागेको मुन्द्रे एण्ड शर्मा शो तथा दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको उक्त कार्यक्रमका संयोजक प्रेम कटवालले हिमालीसंचार डटकमलाई जानकारी दिए।

लालीगुराँस सांस्कृतिकको चौधौं प्रस्तुतिस्वरुप रहेको सो कार्यक्रममा कुवेतबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिलाउनकै लागि बहुचर्चित हास्यकलाकार जितु नेपाल “मुन्द्रे” र गायक जीवन शर्मा आउने छन भने कुवेतका स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिने संयोजक कटवालले बताए।

सो कार्यक्रमलाई दुई शो मा बिभाजन गरिएको छ। पहिलो शो बिहानको १० बजे देखि १ बजे सम्म र दोस्रो शो २ बजे देखि ५ बजे सम्म हुनेछ।

साथै उक्त कार्यक्रमलाई भब्य र शब्य पारिदिनको लागि संस्थाका अध्यक्ष माधब पौडेल “असल यात्री” ले कुवेतबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायत कुवेतस्थित क्रियाशिल सम्पुर्ण संघसंस्थाका प्रमुख/प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार र खेलाडीहरु सबैमा उपस्थितिका लागि अनुरोध समेत गरेका छन।

          तपशिल :

मिति : ४ अक्टोबर २०१९ शुक्रबार
समय : पहिलो शो १० बजेदेखि १ बजेसम्म र दोस्रो शो २ बजेदेखि ५ बजेसम्म
स्थान : राजधानी रेस्टुरेन्ट खैतान
आयोजक : लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेत।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...