लक्ष्मी बैंकको शाखा रंगेलीमा पनि स्थापना

रबिन्द्र बराल
मोरंग १३ अशोज : मोरंगको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा लक्ष्मी बैंकको शाखा कार्यलय संचालनमा आएको छ। बैकले एक कार्यक्रमको आयोजना गरी शाखा कार्यलयाको उद्घाटन गरेको छ।
रंगेलीका मेयर दिलिप वगडीयाले पानसमा दिप प्रज्वलन तथा नरिवल फुटाएर शाखाको उद्घाटन गरेका थिए। शाखाले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्र्याउने लक्ष्य राखेको रंगेली शाखा प्रमुख अनिरोध श्रेष्ठेले बताए।
रंगेली शाखाको विस्तार सहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११४ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ। शाखाको विस्तार सँगै बैंकले रंगेलीका ग्राहकहरुलाई बेकिङ्ग सेवा सहित इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन बैंकिङ्ग सेवा र एटिएम सेवा प्रादन थालेको छ।
सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको प्रवाह गर्ने योजना राखेको छ। सो उद्घाटनको अवसरमा १ नं. प्रदेश क्षेत्रिय प्रमुख शम्भु राठी, चिफ रिटेल फाईनान्सीयल सर्भिस प्रमुख दिपेश अमात्य लगायतको सहभागीता रहेको थियो ।










