News Portal

सल्यान पश्चिम क्षेत्रमा एक महिलामा देखियो डेंगु

हिमाली संचार संवाददाता
८६१ पटक

दुर्गा वि.सी.
सल्यान ३१, भदौ २०७६ : सल्यानको बनगाड कुपिण्डे नगरपालीका वडा ६ काँराकोटकि २२ बर्षिया मिना वि.क डेंगु संक्रमित भएको अस्पतालले जनाएको छ।

सुर्खेत मेहलकुना अस्पतालमा समान्य उपचार पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको जनाएको छ। चेकजाँचमा संलग्न डाक्टरका अनुसार डेंगुको संकेत भेटिएको जनाइएको छ।

उपचारमा भने भैैरहेको जनाएको छ। मेहेलकुना अस्पतालले समेत वि.कलाई डेंगुको संकेत रहेको जनाएको थियो। उपचारमा रहेकी मिनाका श्रीमान प्रेम वि.क.का अनुसार श्रीमतीको उपचार भैरहेको र डाक्टहरुले समेत डेंगु भएको वताउँनु भएको जनाइएको छ।

वि.कको अन्तिम रिर्पोट आउन अझै बाँकी रहेकाले डेंगुसँगै अन्य रोगको समेत उपचार भैरहेको छ। करिव २ हप्ता देखि विरामी भएर थला परेकी श्रीमतीलाई स्थानीय मेडिकल तथा अस्पातलको औषधीले निको नभएपछि उपचारको लागि सुर्खेत लगिएको थियो।

सल्यानको पश्चिम क्षेत्र समेत डेंगुको उच्च जोखिममा रहेको स्वास्थ्य कर्मिहरुको भनाई रहेको छ। भेरी नदि किनारमा वस्तीसँगै सल्लीवजार समेत निक्कै प्रदुषित रहेकोले स्थानीयलाई सचेत हुन सञ्जीवनी सामुदायीक अस्पताल सल्लीवजारका डाक्टर शुशिल मण्डलको आग्रह छ।

वजारको नालीहरु निक्कै दुर्घन्दीत र खोला,खाल्साहरुमा फोहर पानीको मात्रा वढिरहेकोले उच्च सजगता अपनाउन भनिएको छ। यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको देखिन्छ।

स्थानीय नागरिकलाई यसबाट वच्न सचेत रहन मण्डलको जोड छ। वर्षात अझै जारि रहेकोले यो रोगको संक्रमण वढ्न सक्ने उहाँको भनाई छ। गाउँघरमा डेंगु देखा पर्न थाल्यो भने वजारीकरण भएका क्षेत्रमा यसको झनै खतरा रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...