News Portal

एक महिने छोरी च्यापेर तरकारी बिक्री गर्न दैनिक सल्लिबजार पुग्छिन भावना !

हिमाली संचार संवाददाता
११७६ पटक

इन्द्र बुढाथोकी
२०७६ भदौ २८, सल्यान : बन्गाड कुपिण्डे नगरपालिका वडा न ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन। कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै ३ घण्टाको दुरी पारगरी सल्लीबजारमा पुगी तरकारी बिक्री गर्ने गर्दछिन्।

आम्दानीको अर्को स्रोत नभएको र बालबालिका हेर्ने अर्को मान्छे नहुँदा थापाले दिनहुँ छोरीलाई च्यापेर बजार धाउने गरेकी हुन। उनले भनिन ‘के गर्नु घरमा छोराछोरी हेर्ने अर्को मान्छे छैन तरकारी बिक्री नगरी साँझ बिहानको चुली बल्दैन।’

घरमा आफु एक्लै भएको र श्रीमान ६ महिना पहिले मात्रै रोजगारीका लागि विदेश गएको भाइहरु छुटिएका कारण रहर भन्दा बाध्यताले छोरीलाई च्यापेर बजार धाउनु परी रहेको उनले बताइन। तरकारी खेतीले आफ्नो गुजारा चलिरहेको बताउदै उनले बजारको भने साह्रै समस्या भएको बताइन।

ढोरपिपलमा निमार्ण गरेको कृषि संकलन केन्द्र पनि दुई तीन महिना पछि बन्द भैहाल्यो उनले भनिन ‘संकलन केन्द्र सञ्चालन भई दिएको भएपनि घरघर धाउनु पर्ने थिएन।’ छोराछोरीको पढाई खर्च र घर खर्च चलाउन तरकारी खेतीले जसोतसो पुगिरहे पनि बजारीकरणको साह्रै समस्या रहेको थापाको भनाई छ।

दैनिक गुजारा चलाउन नै ढोरपिपल, रैकर, बालुवासंग्रही, सल्लीबजार लगायतका बजारमा धाउनु परिरहेको उनले बताइन।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...