News Portal

  • नगरपालिकाका प्रशाशकीय अधिकृतको गाडीमा बम बिस्फोट

    हिमाली संचार संवाददाता
    ६९ पटक

    झापा, २३ भदौ : झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतले प्रयोग गर्दै रहेको गाडीमा बम बिस्फोट गराइएको छ।

    बिस्फोटले बा. २ झ २५७० नम्मरको गौरादह नगरपालिकाको महेन्द्रा स्कोर्पियो गाडी पूर्ण क्षति पुगेको छ। आज राती करिब १२ः४५ को समयमा बिस्फोटको ठूलो आवज सुनिएको स्थानीयहरुले बताए।

    गौरादह वार्ड नं ३ धोबिनियामा प्रमुख प्रशाशकीय अधिकृत सागर मिश्र डेरा गरी बस्ने घरको आँगनमा पार्किङ्ग गरि राखिएको ठाउमा सो बिस्फोट गराईएको हो।

    बिस्फटले कुनै मानबीय क्षती नभएपनि घरका झ्यालका सिसाहरु फुट्नुका साथै घरको केही भागहरु चर्किएको घरधनी इन्द्र कट्वालले बताए।

    मानवीय क्षती नपुगेता पनि ठूलो आवाजको कम्पनले केहीबेर बेहोस जस्तो भएको र अहिलेसम्म पनि आफ्नो कान थुनिनुका साथै मानसिक रुपमा घरका सबै सदस्यहरु बिक्षिप्त रहेको कट्वालले बताए।

    अधिकृत मिश्र सुत्ने कोठाको झ्यालका सिसा फुटेर कोठा भित्र समेत क्षती पुगेको छ। झुल टाँगेर सुतेको हुनाले सिसाका टुक्राहरुले आफूलाई चोटपटक भने नलागेको मिश्रले बताए। घटनास्थललाई प्रहरीले घेराहाली अनुसन्धान गरिरहेको बताईएको छ।

    प्रतिकृया दिनुहोस्

    चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच यस्तो भयो सहमति

    काठमाडौं – चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा  शनिबार...

    दशैँका लागि बस अग्रिम टिकट बुकिङ खुला

    काठमाडौं – भोलि अाइतबार बाट बसको टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था...

    सुदुरपश्चिमेली नेपाली समाज कुबेतकाे अध्यक्षमा निरुमाया खड्का

    २१ सेप्टेम्बर ३०१९ कुवेत : सुदुरपश्चिमेली नेपाली समाज कुबेतको वार्षिकोत्वस तथा अधिबेशन सांगितिक धमाका लागि सुदुरपश्चिमेली...

    संविधान जलाएको आरोपमा तीनजना पक्राउ

    बाँके – संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको...

    भारतकाे राजकाेटमा डेंगुका कारण नेपालीकाे मृत्यु

    दुर्गा विसि/सल्लीबजार,४ अाश्विन २०७६ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका,७ सिम्तिगैरा निवासि वर्ष २१ का नाेखिराम...