News Portal

दशक वित्दा पनि वशन्त मल्लका परिवारले न्याय पाएनन्

हिमाली संचार संवाददाता
११८९ पटक

नेपालगन्ज, २३ भदौ : बसन्त मल्लको हत्या गरिएको एक दशक पुगेकोछ तर, हत्यामा संलग्न ब्यक्तिहरुलाई राज्यले अझैसम्म पक्राउ गर्न सकेको छैन।

अपराधी पक्राउ गर्नमा राज्यले उदासिनता देखाएपछि पीडीतले न्याय पाउन सकेका छैनन्। दश वर्ष अघि भूमिगत सशस्त्र समूहबाट हत्या गरिएका नेपालगन्ज २१ निवासी २२ वर्षीय छन्दविक्रम मल्लका परिवारले यतिवेला न्याय नपाएको गुनासो गरेकाछन्।

२०६६ भदौ २१ गते सम्साझै घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट विहान उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो। उनलाई गोली हानेर हत्या गरिएको हो।

स्थानीय युवा क्लबमा आबद्ध महेन्द्र बहुमुखी क्याम्पसमा आइए दोस्रो वर्षमा अध्ययनरत मल्ललाई तराई मधेश मुक्ति टाइगर ज्वाला समूहले हत्या गरेको जिम्मा लिएको थियो।

हत्या भएको दश वर्ष वितिसक्दा पनि मल्ल परिवारले अहिलेसम्म हत्याको कारण थाहा पाउन सकेको छैन। दाईको हत्या कुन कारणले भयो, अझैथाहा पाएका छैनौ, मृतकका भाई विजय मल्लले हिमालीसंचारसंगको कुराकानीमा भने–‘प्रहरीले पक्राउ गरेका व्यक्ति छुटिसके, हामीले न्याय पाएनौं।

हत्यापछि मृकका बुवा रेशमदेव मल्ल र भाई विजयले घटनाका प्रत्यक्षदर्शीका नामबाट प्रहरी समक्ष जाहेरी दिएका थिए।

फत्तेपुर स्थायी घर भई तत्कालिन समय पुरैना–२, निवासी २९ वर्षिय दिपु पाण्डे, २४ वर्षीय उपेन्द्र पाण्डे र पुरैनी–९ लोनियनपुर्वा निवासी राकेश लोनिया पक्राउ परे पनि कारबाहीका लागि प्रहरीको असहयोगले अदालती दायरामा नपरेको मल्ल परिवारको गुनासो छ।

‘वसन्तको हत्या भएको बेला नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा सुरक्षा निकायको राष्ट्रिय सम्मेलन समेत भइरहेको थियो। देशभरका सवै सुरक्षा निकायका विशिष्ट व्यक्तिहरुको नेपालगन्जमै उपस्थिती हुदाँसम्म पनि चासो नलिनु सरकार र सुरक्षा निकायको गैरजिम्मेवारी हो।

मृतकका भाई विजय मल्लले भने–‘हामीले सवुत, प्रमाण र किटानी जाहेरी दिँदासम्म पनि दोषीलाई कारबाही गर्नुको साटो घटना साम्य पार्ने काम प्रहरीले गर्‍यो।

दिपु र उपेन्द्र भूमिगत समूहका कार्यकर्ता भएको आरोपमा पक्राउ परेका थिए। तत्कालिन निमित्त प्रहरी प्रमुख (डिएसपी) राजकुमार बैदावारले चासो नदिँदा दोषी उम्किएको मृतक मल्लका आमा धनसरा मल्लले बताईन्। ‘घटनापछी हामी शोकमा थियौं, पक्राउ परेकाले जमिन बेचेर पैसा बुझाएको भन्ने सुनियो,’–उनले भनिन्।

जिल्ला प्रहरी प्रमुख फेरिदाँ मल्ल परिवार हरेक पटक झकझकाउन पुग्छन् तर, प्रहरीबाट कुनै सहयोग नमिलेको आमा धनसराले बताईन्। त्यतिबेला मिङ्मार लामा बाँकेका एसपी थिए, पछि आएका महेश विक्रम शाह, दिनेश अमात्यासँग पनि धेरै धायौं तर, हाम्रो आवाज कसैले पनि सुनेन्, चासो दिएनन्।

उनले भनिन्–‘केही वर्ष पहिले बाँके प्रहरी प्रमुख विक्रमसिंह थापाबाट हामीले ठूलो आशा लिएका थियौं तर, उहाँबाट पनि सहयोग पाएनौं। अब त न्याय पाउने आशा नै मरिसक्यो।

उनीहरुले न्याय माग्दै राष्ट्रपति, प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै अपराधीलाई हदैसम्मको कारबाहीको माग समेत गरेका थिए। सवै तह र तप्कामा आधिकारिक निवेदन दिई दोषीलाई कारबाहीको माग गर्दागर्दै दश वर्ष वित्यो तर, प्रहरीले हत्या गरिएका वसन्तका भाई विजय मल्लले दिएको किटानी जाहेरीलाई समेत लत्याएकोछ।

मृतक मल्ललाई सहिद घोषणा, पीडित परिवारलाई शान्ति सुरक्षा, दोषीलाई कारबाहीको माग समेत राखेका थिए।

यो पनि पढ्नुहोस।

दशकपछि वसन्त मल्ल हत्याका फरार अभियुक्त पक्राउ

हाम्रा माग सम्बोधन भएन, मृतकका बुवा रेशमदेव मल्लले भने –‘म आफै नेपाल प्रहरीको ३२ वर्ष सेवा गरेर अवकास प्राप्त गरेको ब्यक्ति, प्रहरीले मेरो छोराका हत्यारालाई पक्राउ गरि कारबाही गर्नुको साटो उल्टै घटनाको प्रकृति र सबुद मेटाउने काम गर्‍यो। मल्लका बुवा रेशमले थपे–‘प्रहरीको अनुसन्धान यति फितलो हुनुको पछि उनीहरुको स्वार्थ थियो। जसका कारण उनीहरु जिम्मेवारीबाट पन्छिरहेकाछन्।

घटना घटे लगत्तै राज्यले हामीलाई किरिया खर्च वापत रकम उपलब्ध गराएर स्वयम सरकार पनि जिम्मेवारीबाट पन्छिने काम मात्र गर्‍यो। मल्लका वुवा रेशमदेवले भने–‘प्रहरीले चाह्यो भने अनुसन्धानका दायरालाई फराकिलो बनाउदै दोषीसामु पुग्नसक्छ तर, हाम्रा आवाज कसले सुनिदिने ?

घटना भएको केही समयपछि साविक पुरैना गाविस र स्थानीयबासीको पहलमा उनको वस्ती नजिकै वसन्त मल्ल चोक नामाकरण गरिएकोछ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...