News Portal

ग्रामीण सुधारमा अख्तियार लाग्यो, साधारणसभा अन्यौलमा..

हिमाली संचार संवाददाता
१००६ पटक

विराटनगर, १९ भदौ : मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका सम्पूर्ण कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यायल इटहरीले लगेको छ।

सामूदायिक वनमा लाखौं रुपियाँ आर्थिक अनियमितता भएको गुनासो परेपछि अख्तियारले भदौ १५ गते आइतबार बनका आम्दानी र खर्च सम्बन्धी सम्पूर्ण कागजात लगेको हो।

सव डिभिजन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादवसँगै आएको अख्तियारको टोलीले समूहको कार्यालयबाट कागजात लगेको स्थानीय प्रत्यक्षदर्शीले बताएकाछन्।

पदावधि सकिएको एक वर्ष बित्नै लाग्दा पनि हालको सञ्चालक समितिले चुनावी साधारणसभा गर्न सकेको छैन्। आर्थिक पारदर्शिता नभएको, सुशासनमा कमजोरी भएको भन्दै बेलाबेला आलोचित हुँदै आएको वर्तमान समितिले गत बैशाखमा डिभिजन वन कार्यालय मोरङसँग यही भदौ २५ गते सम्ममा साधारण सभा गर्ने प्रतिवद्धता गरेको थियो।

२ वर्ष अघि बनले वैज्ञानिक वन र लडापडा सुखा खडा गरी झण्डै साडे ३३ हजार किवी लकडी बनबाट आपुर्ति गरेको थियो तर, बनबाट लकडी निकालेर घाटगद्दी गरे पनि सामूदायिक बनको आर्थिक पारदर्शितामा समस्या आएको भन्दै डिभिजन बन कार्यालय मोरङले बिक्री आदेश दिएको थिएन।

स्थानीय उपभोक्ता र सामूदायिक वन महासंघ मोरङ र प्रदेश समितिले चर्को दवाव दिएपछि डिभिजन बन कार्यालय मोरङले ससर्त ११ हजार ४४४ दशमलव ६३ किवी लकडी बिक्री गर्ने आदेश दिएको थियो।

ग्रामीण सुधार सामूदायिक बनलाई नजिकबाट हेरिरहेका एक जना उपभोक्ताले भने‘ डिभिजन बन कार्यालयसँग भदौ २५ गते भित्र साधारण सभा गर्ने, तोकिए भन्दा बढी लकडी बिक्री नगर्ने, बाँकी लकडी साधारण सभापछि निर्वाचित समितिले गर्ने औपचारिक सहमति भएको थियो तर, सञ्चालक समितिका पदाधिकारीहरूले सहमति भन्दा २ हजार किवी बढी लकडी बिक्री गरेको बुझिएको छ।

समाचार स्रोतका अनुसार १३ हजार किवी लकडी बिक्री गरिसक्दा पनि बनलाई अझै ७० लाख रुपैयाँ ऋण छ। सामान्य काम देखि प्रशासनिक काममा समेत ठूलो धनराशी खर्च गर्दै आएको सामूदायिक बनले कानेपोखरीका होटललाई मात्र झण्डै ८ लाख रुपैयाँ तिर्न बाँकी छ।

समाचार स्रोत भन्छ–यो रकम सबै भोज,पार्टी र मदिरापानको मात्रै हो। पछिल्लो समय सामूदायिक वनले २५ गते हुने साधारण सभाले सबै सम्मत नेतृत्व चयन गर्न सर्ब दलीय छलफल समेत डाकेको थियो तर, बैठक दुई पटक सम्म बसे पनि कुनै निर्णय नगरी सकिएको थियो।

बनको नेतृत्व हत्याउन नेकपा र नेपाली काङ्ग्रेस आ–आफ्नो ढंगबाट लविङ गरिरहेका बेला अख्तियारले कागज पत्र लगेपछि साधारण सभा अन्यौलमा परेको छ।

अख्तियारले कागजपत्र सव डिभिजन कार्यालयमै छोड्यो !

यता अख्तियारले सामूदायिक बनबाट लगेका कागजात कानेपाखरीस्थित सव डिभिजन कार्यालयमै छोडेर गएको बुझिएको छ।

समाचार स्रोत भन्छ–‘तँ रोए जस्तो गर म कुटे जस्तो गर्छु’भन्ने उखान चरितार्थ भएको छ।

लाखौंको लकडी बिक्री गर्दा समेत सामूदायिक बनले सव डिभिजन कार्यालय कानेपोखरीको माग पुरा गर्न नसकेपछि कानेपोखरी कार्यलयको सेटिङ अख्तियार आएको जानकारहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...