News Portal

काठमाडौं–तराई फास्ट ट्रयाक ३ बर्षभित्र सम्पन्न गरिने

हिमाली संचार संवाददाता
६४८ पटक

काठमाडौं– नेपाली सेनाले काठमाडौं तराई दुर्त मार्ग (फास्ट- ट्रयाक) ३ बर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दुर्त मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ ।

मूल्य अभिवृद्धि करसहित कूल लागत १ खर्ब ७५ अर्ब रहेको छ । अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन । निर्माणको समयमा आउने विविध र भैपरी खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ ।

दुर्त मार्ग खोकनाबाट सुरु भई निजगढ सम्म ७२ दशमलव ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ । यो यसअघिको डिपिआर को भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमी हो । पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ । यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ ।

यो सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ । महादेव डाँडामा ३ दशमलव ३५ किलोमिटर र छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङ्ग मार्ग बन्ने छ । यसअघि एसियाली विकास बैकले यसअघि छोक्रेडाँडा, ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनः रेखाँकन गरेर तीन स्थानमा सुरुङ्ग मार्ग बनाउन लागेको हो ।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखाँकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेन डाँडा क्षेत्र गरि दुई ठाउमा रेखाँकन परिर्वतन भएको हो । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरि सामान्य रेखाँकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबीद्धारा  प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरु सहित रेखाँकन परिर्वतन भएको छ ।

दुर्त मार्गको सम्पूर्ण कामको ८ प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिनापछि यहि भदौ १ गते मन्त्रिपरिषद् बैठकले दु्रत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो । दुर्त मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...