News Portal

काठमाडौं–तराई फास्ट ट्रयाक ३ बर्षभित्र सम्पन्न गरिने

हिमाली संचार संवाददाता
७१० पटक

काठमाडौं– नेपाली सेनाले काठमाडौं तराई दुर्त मार्ग (फास्ट- ट्रयाक) ३ बर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दुर्त मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ ।

मूल्य अभिवृद्धि करसहित कूल लागत १ खर्ब ७५ अर्ब रहेको छ । अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन । निर्माणको समयमा आउने विविध र भैपरी खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ ।

दुर्त मार्ग खोकनाबाट सुरु भई निजगढ सम्म ७२ दशमलव ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ । यो यसअघिको डिपिआर को भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमी हो । पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ । यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ ।

यो सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ । महादेव डाँडामा ३ दशमलव ३५ किलोमिटर र छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङ्ग मार्ग बन्ने छ । यसअघि एसियाली विकास बैकले यसअघि छोक्रेडाँडा, ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनः रेखाँकन गरेर तीन स्थानमा सुरुङ्ग मार्ग बनाउन लागेको हो ।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखाँकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेन डाँडा क्षेत्र गरि दुई ठाउमा रेखाँकन परिर्वतन भएको हो । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरि सामान्य रेखाँकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबीद्धारा  प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरु सहित रेखाँकन परिर्वतन भएको छ ।

दुर्त मार्गको सम्पूर्ण कामको ८ प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिनापछि यहि भदौ १ गते मन्त्रिपरिषद् बैठकले दु्रत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो । दुर्त मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...