News Portal

साउदी अरबमा सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा अब नेपाली महिला कामदार जान नपाउने

हिमाली संचार संवाददाता
६४२ पटक

काठमाडौं, २१ साउन : साउदी अरवमा अब नेपाली महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरु जान नपाउने भएका छन्। साउदी अरबस्थित राजदूतावासले सूचना जारी गर्दै यी दुई खालका कम्पनीमा नयाँ महिला कामदार लैजान दिने गरी मागपत्र प्रमाणीकरण नगर्ने भएको छ ।

वैदेशिक रोजगारीको लागि साउदी अरव आएका कैंयौं  नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषयमा नेपाली बारम्बार गुनासो आएपछि दूतावासले हालै साउदी अरवका विभिन्न स्थानमा रहेका आधादर्जन भन्दा बढी स्थानहरुमा रहेका नेपाली महिला कामदारहरुको सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा पारिश्रमिक कम पाएको, समयमा महिला सम्बन्धी रोगको औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्रभन्दा बाहिर गएर ३ वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसंग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिंदा नलिएको लगायतको गुनासो ब्यापक पाइएको थियो।

त्यसैगरी  पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जाँदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको बकालामा महंगोमा समान खरीद गर्न बाध्य बनाएको, २ तहभन्दा वढी कम्पनीमा आपूर्ति गर्ने गरी रिक्रुट गरेको लगायतका समस्याहरु पमि महिला कामदारले दूतावास समक्ष राखेका थिए।

सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा आएको पाइएपछि अब यस्ता कम्पनीमा कामदार आपूर्तिका लागि म्यानपावरले पेश गर्ने मागपत्र प्रमाणीकरण रोक्ने निर्णय भएको हो।

कामदार सर्वेक्षणपछि पनि थप स्थानहरुबाट महिला कामदारहरुका गुनासा आइरहेको हुनाले हाललाई सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा नेपाली महिला कामदारहरु ल्याउने सम्बन्धी मागपत्रहरु प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...