News Portal

भ्वाईस अफ नेपालकी श्रेया राईको “जुराईदेऊ सोझो पोई” सार्वजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
७६८ पटक

काठमाण्डौ, १९ साउन : पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले निकै तातेको छ। दिनानुदिन नयाँनयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । यसै क्रममा सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपालकी सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा पनि मौलिक तीज गीत सार्वजनिक भएको छ ।

गायिका राईको “जुराईदेउ सोझो पोई” नामक तीज गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो। बढ्दो उमेरसँगै पारिवारिक सुख र सन्तान सुखको लागि वैवाहिक बन्धनमा बाँधिने नियम प्राक्रृतिक नै हो। यसै नियमलाई आत्मसातगर्दै युवतीले हरतरहका परिस्थिती र अबस्थामा हात र साथ दिने पोई (श्रीमान) मिलोस भन्ने चाह राख्छन भन्ने कुरालाई प्रष्ट्याऊन खोजिएको छ गीतमा ।

ओम प्रकाश निरौलाको शब्द रहेको उक्त गीतमा यम के निरौलाको सङ्गीत रहेको छ भने मनोज साङ्सोन राईले सङ्गीत संयोजन गरेका छन । त्यस्तै आरती हमाल, बिवुती शर्मा, कृती लिम्बू, सम्रचना तामाङ, चाँदनी पौठाक, क्रिपा खड्का, अमिशा मल्ल आदि कलाकारको अभिनय रहेको उक्त गीतको नृत्य निर्देशन अस्मिता श्रेष्ठले गरेकी हुन ।

लेखक निरौलाकै निर्देशन रहेको उक्त गीतलाई युगराज खड्काले चित्रमा ऊतारेका छन भने रमेश भिके रसाईलीले सम्पादन गरेका छन ।

हेर्नुहोस् भिडियो :

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...