News Portal

शाही सेना छोडेर जनमुक्ति सेनामा सामेल भएका गुरुङलाई १० बर्ष जेल

हिमाली संचार संवाददाता
६६६ पटक

काठमाडौं, १६ साउन : जनयुद्धकालमा नेपाली सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका विक्रम गुरुङलाई जेल चलान गरिएको छ। उनलाई १० वर्षको लागि जेल चलान गरिएको हो। गोरखाका विक्रम गरुङ काठमाडौंको कलङ्कीबाट पक्राउ परेका थिए।

नेपाली सेनाको टोलीले उनलाई पक्राउ गरेको थियो। सैनिक अदालतले उनलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ। सोही फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो। जनयुद्धकालमा उनी तत्कालिन शाही सेना छोडेर भागेका थिए। उनी हतियार सहित शाही सेना छोडेर जनमुक्ति सेनामा सामेल भएका थिए। जनमुक्ति सेनामा सामेल भएपछि शक्ति गुरुङको नामले चिनिन्थे उनि।

गुरुङ जेल चलान भएपछि सांसद हरिराज अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै विरोध जनाएका छन्। नेकपाका केन्द्रीय सदस्य तथा गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अधिकारीले गणतन्त्र ल्याउन संघर्ष गरेका व्यक्तिहरुलाई पालैपालो जेल हाल्ने काम भएको भन्दै आपति जनाएका हुन्। उनले गणतन्त्र ल्याउन संघर्ष गरेका व्यक्तिलाई मात्र नभइ गणतन्त्र रोक्नेहरुलाई पनि कार्वाही गर्नु पर्ने तर्क गरेका छन्।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...