News Portal

विवेकशील साझाको कार्यक्रममा भाँडभैलो

हिमाली संचार संवाददाता
६९६ पटक

काठमाडौं – विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ ।विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो ।

पार्टी नेतृत्वले असन्तुष्ट समूहका एक जनालाई बोल्न मञ्च दिए । पार्टी नेतृत्वले रातारात जिल्ला संयोजक तोकेको, गलत प्रवृत्तिका मानिसहरुलाई पार्टीमा प्रवेश गराएको आरोप लगाए । टीका लगाएर नभई लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व छान्न पाउनु पर्ने उनीहरुको माग थियो ।

लगतै प्रवक्ता सूर्यराज आचार्यले बोले । त्यसक्रममा उनले आफूहरु पदका लागि राजनीतिमा नआएको बताएपछि असन्तुष्टि समूहले होहाल्ला गर्दै विरोध जनाए ।

स्थिति तनावग्रस्त भएपछि संयोजक रविन्द्र मिश्रले कार्यक्रम स्थगित भएको घोषणा गरे । शुक्रबार मात्र असन्तुष्टि नेता कार्यकर्ताको कुरा ४ घन्टा सुनेको र सम्बोधन गर्ने बताएको स्मरण गर्दै उनले भने, ‘यहाँ जे भएको छ, एकदमै दुःख लागेको छ ।’

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...