News Portal

विवेकशील साझाको कार्यक्रममा भाँडभैलो

हिमाली संचार संवाददाता
९०६ पटक

काठमाडौं – विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ ।विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो ।

पार्टी नेतृत्वले असन्तुष्ट समूहका एक जनालाई बोल्न मञ्च दिए । पार्टी नेतृत्वले रातारात जिल्ला संयोजक तोकेको, गलत प्रवृत्तिका मानिसहरुलाई पार्टीमा प्रवेश गराएको आरोप लगाए । टीका लगाएर नभई लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व छान्न पाउनु पर्ने उनीहरुको माग थियो ।

लगतै प्रवक्ता सूर्यराज आचार्यले बोले । त्यसक्रममा उनले आफूहरु पदका लागि राजनीतिमा नआएको बताएपछि असन्तुष्टि समूहले होहाल्ला गर्दै विरोध जनाए ।

स्थिति तनावग्रस्त भएपछि संयोजक रविन्द्र मिश्रले कार्यक्रम स्थगित भएको घोषणा गरे । शुक्रबार मात्र असन्तुष्टि नेता कार्यकर्ताको कुरा ४ घन्टा सुनेको र सम्बोधन गर्ने बताएको स्मरण गर्दै उनले भने, ‘यहाँ जे भएको छ, एकदमै दुःख लागेको छ ।’

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...