News Portal

दैलेखमा पूर्वएमालेका ११३ जना नेताकार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश

हिमाली संचार संवाददाता
१०६७ पटक

दैलेख –चुनावपछि पूर्वएमालेभित्र तीव्र असन्तुष्टि बढेको छ । चुनाव जित्नकै लागि गरिएका अनैतिक क्रियाकलापहरूप्रति असहमति जनाउँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत मा विद्रोह भएको छ ।

चुनावमा माओवादी केन्द्रसँग गरेको तालमेलप्रति असहमति जनाउँदै आएका जिल्ला नेता कर्णबहादुर शाहीको नेतृत्वमा पूर्वएमालेभित्र विद्रोह भएको हो । जिल्लाको महाबु नगरपालिकाका इमान्दार नेता शाहीले विगत २१ वर्षदेखि एमालेको नेतृत्व गर्दै आएका थिए ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले समाजवादका नारा दिएपनि नीति र व्यवहार त्यस्तो नभएको भन्दै नेता शाहीले कार्यकर्ताको ठूलो टीम सहित क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् ।

यसअघि युवा नेता मोहन शाहीको एमालेबाट ठूलो दलबलसहित क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए । उनीसहित ११३ जनाले संयुक्त रुपमा पूर्वएमाले परित्याग गरेका थिए । विद्रोह गरेका शाहीले चुनावमा मतदाताको लागि खर्च गर्न भनि दिएको १० हजार रुपैयाँ समेत फिर्ता गरेका छन् । मिडियाडबलीबाट

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...