News Portal

  • एनआरएनले रोजगारी प्राप्त गर्ने माध्यम बनाउन सकोस् !

    सुरज मास्के
    ८३८ पटक

    यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलाले यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याको बारेमा ठुलै छलफल गरिनेछ र घोषणापत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन.सी.सी. का पदाधिकारीहरु तथा एन.आर.एन. अभियन्ताहरुको सहभागिता रहने कुरामा दुइ मत छैन र यो हुन पनि पर्छ । यस भेलाले जारी गर्ने घोषण पत्र विगतका जस्तै घोषणामा मात्रै सिमित रहन नदिन दोश्रो पटक भेलाको आयोजना गर्ने मौका पाएको एनसीसी युएइले ध्यान दिन पनि जरुरी छ ।

    २ वर्षीय चुनावका बेलामा मात्र सदस्य भएका पञ्जिकृत सदस्यहरुबाट पनि सकेसम्म धेरै सहभागी गराउन जरुरी छ । कतिपय एनसीसीहरुले वार्षिक साधारण सभा गरी सकेका छन् र पक्कै पनि ती पञ्जिकृत सदश्यहरुको राय लिएकै छन् भन्ने विश्वास छ ।
    २०११मा दुवइमा नै भएको भेलाले पारित गरेको सामुहिक लगानीमा के कति प्रगती भए र मध्यपूर्वबाट कति लगानी भन्दा पनि कति व्यक्ति सहभागी भए भन्ने कुराको पनि जानकारी गराइनेछ भन्ने आशा छ ।

    मध्यपूर्वबाट ठुला लगानी भन्दा पनि धेरै जना सहभागी हुने गरि साना तथा मझौला सामुहिक लगानी जुटाउन जोड दिइनु पर्छ । विशेष गरि धेरै भन्दा धेरै रोजगारीको श्रृजना गर्ने प्रकारको । मध्यपूर्वमा कार्यरत एनआरएनहरु केही वर्ष पछि स्वदेश नै फर्किनेहुन् र तिनीहरुको स्वदेश फिर्ति पछि पनि केही हद सम्म रोजगारी प्राप्त गर्ने माध्यम बनाउन सकोस् भन्ने तरिकाले सामुहिक लगानीको कार्यलाई सुचारु गर्न पर्छ । धेरै योजना र धेरै रोजगारीको श्रृजना भएमा अवश्य पनि यस क्षेत्रका धेरै भन्दा धेरै नेपालीहरुलाई यस संघमा अवद्ध गराउन सकिने छ । मध्यपूर्वका एनआरएनहरु यस संघको देखाउने दाँत र दोहोरो नागरिकताको माग गर्न मात्र प्रयोग गरिन्छ भन्ने आम नेपालीको भावना बदल्न पनि यस प्रकारको आयोजनाले गर्नेछ । सुनौलो भविश्य बोलेर घोषणा गरेर मात्र होइन निश्चत योजना बनाएर अघि बढ्नु पर्छ । यस प्रकारको आयोजनाले हरेक एनसीसीहरुलाई वर्ष भरि नै सकृय राख्नेछ ।

    मध्यपूर्वमा कार्यरत नेपाली महिलाहरु छुट्टी पछि फेरी फर्किन नपाउने स्थिति छ यसको समाधानको बाटो पनि यस भेलाले खोज्नु पर्नेछ । मानव संसाधन व्यवसायीलाई तिरस्कार गरिने परम्परा मध्यपूर्वमा व्याप्त छ, तिरस्कारको सट्टा यसलाइ कसरी सिस्टमेटिक गर्ने र उनीहरुलाई कसरी उत्तरदायी बनाउने भन्नेबारेमा पनि छलफल गर्दै समाधानको बारेमा योजना बनाउन पर्नेछ । घर विदामा गएर फर्किन चाहनु भनेको काम र सुविधा कम्पेर्‍याटीभली ठिकै भएर नै हो नराम्रो भए कोहि पनि फर्किन चाहँदैनन् भन्ने कुरा सरोकारवालाहरुलाई बुझाउन पर्ने छ । व्यवस्थित रुपमा मानव संसाधन व्यासाय गर्न बाध्य बनाउनु पर्छ भने अव्यवस्थित रुपमा यस्ता कारोबार गर्नेलाई कार्यवाही गर्न पनि यो संघ हिच्किचाउन हुदैन । सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको नारा सफल पार्न गहन रुपमा यस विषयमा गहन छलफल र निश्कर्ष निकाल्नै पर्छ र यसको कार्यनव्ययन कसरी गर्ने भन्ने बारेमा रोडम्याप पनि तय गर्न पर्छ ।

    ज्ञान शीप र उद्दमशीलताको यस भेलाको मुख्य नारा नै छ । आशा छ यस नाराको बारेका गहन छलफल हुनेछ र लागु पनि गरिनेछ । ज्ञान र शीप स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन नेपाल सरकारसंगको सहकार्यमा अघि बढ्नेछ भन्नेबारेमा आम नेपालीको रुपमा बुझेको छु । त्यतिमात्र नभइ निम्न वर्गीय कामका लागि आएका नेपालीहरुको ज्ञान बढाउन पनि यस भेलाले योजना तय गर्नुपर्नेहुन्छ भने हरेक एनसीसीले सम्बन्धित राज्यमा रहेका नेपालीहरुलाई केही समय ज्ञान र शीप आर्जन गर्न प्रोत्साहन गर्न पर्ने हुन्छ । हालको दिनमा  VLT (Virtual Live Training) को व्यवस्था गर्न पनि सकिन्छ । २० लाख नेपाली कार्यरत रहेको मध्यपूर्वबाट २० जना मात्र यस नारामा सम्बन्धि कार्य गर्ने र फाइदा प्राप्त गर्दैमा समृद्धी आउनु हुदै होइन । अहिले सम्मको सदस्य संख्या र कार्य हेर्दा यही नै देख्निछ । Safety & Security, Information Technology Merchandize जस्ता विषयमा धेरै विज्ञहरु पनि छन् र उनीहरुलाई नै समाज सेवाको रुपमा परिचालन गर्दै ज्ञान र शीप बढाउन अन्य नेपालीलाइ सहयोग गर्न पर्छ ।

    अन्तमा यस भेलाले मध्यपूर्वमा कार्यरत नेपालीहरुको हकहित र भविश्यमा स्वदेश फिर्ति सुरक्षित बनाउन सफल रहोस् । विगतका घोषणा पत्रहरुको लेखाजोखा सहित सुन्दा राम्रो लाग्ने भन्दा पनि लागु गर्न सकिने घोषणाहरु आउन । धेरै भन्दा धेरै नेपालीहरु लाभावन्ति हुन पाउन् ।

    – सुरज मास्के, कुवेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १३ गतेको राशिफल

    आज कार्तिक १३, २०८२ (अक्टोबर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...