News Portal

स्वतन्त्र युवाको प्रधानसेनापतिलाई चिट्ठी !

राकेश कुमार शर्मा
६७३ पटक

प्रधानसेनापति ज्यु हजुर संग भेट गर्ने समय पाए भने हजुरले म सर्व साधारण नागरिकलाई भेट गर्न के खोज्नुहोला ? हजुरलाई म सर्व साधारण नागरिक संग भेट गर्न समयको अभाव पनि होला ? यसकारण चिट्ठी मार्फत संदेश पठाउन खोजेको हु।

प्रधानसेनापति पूर्ण चन्द्र थापा ज्यु हजुरले जंग बहादुर राणाको अवतार लिनुपर्ने भयो निभेको आगो नताप्ने बलिरहेको आगो मात्र ताप्न खोज्ने ताक परे तिवारी नत्र गोतामे स्वार्थी, अवसरवादी गद्दार, राष्ट्रको अहित चाहने प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र र मनपरितन्त्र गर्दै आएकाहरुलाई खोरमा कोच्नु पर्‍यो । यो मुलुक बिगार्ने नै जहिले पनि सत्ताको आड र पहुँचमा रहने तथा सत्तामा जो छ उसको चाकरी र गुलामी गर्नेहरु नै हुन् ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र मुलुक चाइना, भारत र अमेरिका आदि आदि जस्ता मुलुकलाई भनिन्छ।विक्रम सम्वत २०६२/०६३ सालपछि प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ । हाम्रो मुलुकमा परवेज मुसर्रफ जस्ता आंट, साहस र हिम्मत गर्न सक्ने सेनाहरु, शासकहरु र नागरिकहरु कोही पनि छैनन कि क्या हो ? यदि छन भने राष्ट्रघाती र गद्दार नेताहरूबाट मुलुकलाई जोगाउनु पर्ने अवस्था छ।

०६२/०६३ साल पछि संधैभरि आन्दोलन र नेपाल बन्द यस्तै ढुकढुकी तरिकाले मुलुक चलि रहने हो भने नेपाली नागरिकहरुले नसोचेको परिणाम व्यहोर्नुपर्ने छ । आज हाम्रो मुलुक नेपालको अवस्था ढुकढुकी स्वास मात्र छ। प्राण जान मात्र बांकी छ । अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रो मुलुकको अवस्था चासोको विषयवस्तु बन्न पुगेको छ ।

प्रधानसेनापति ज्यु हजुरले टुलुटुलु बसेर हुंदैन।पन्चायतकालमा १३३ जना सांसदहरु हुंदा कति धेरै भनिन्थ्यो अहिले ८८४ जना सांसद हुंदा पनि हामी नेपाली नागरिकहरु मौन किन ? संघीयताले मुलुकको आर्थिक भार थेग्न र धान्न नसक्ने अवस्था छ। संघीयता प्रधानमन्त्री, मन्त्रीपरिषद, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रदेशको मुख्यमन्त्री, मन्त्रीहरू, ८८४ जना सांसद र ७७ जिल्लाका नगर प्रमुख (मेयर) हरुको लागि मात्र हो। हाम्रो मुलुक नेपाल वीर गोर्खाली र बहादुरहरुको नामले पनि चिनिन्छ। वीर गोर्खाली, वीर बहादुरहरु कता गए कता हराए ? यदि म प्रधानसेनापति भएको भए यसरी टुलुटुलु हेरेर बस्ने थिएन। आइपरेको बाधा अड्चनहरुलाई सजिलोसंग व्यहोर्नु परे व्यहोरथें ।

स्वतन्त्र नेपाली नागरीक
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२
मो.नं.९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...