News Portal

  • NRNA कुवेतको रेडिमेड भाषण र फेसबुके पत्रकार !

    राज मल्ल
    ५८० पटक
    कुवेत

    केही दिनपहिला कुवेतमा सम्पन्न एक कार्यक्रम समहारोमा विशेष अतिथिको आषणग्रहण गर्दै एनआरएनए एनसिसि कुवेतले लामो समयपछि समाजमा फेरि आफ्नो उपस्थिति जनायो । भूमिगत जस्तै भएको एनसिसिले यसरी आन्तरिक रुपमै संस्थालाई जागरुक गराउदै नेतृत्वको हेरफेर गरी एक्कासी समाजमा सार्बजनिक हुदा कार्यक्रममै धेरैले कानेखुशी गरे । जतिलाई चासो थियो नव गठित समिति वारे जान्न चाहे । चासो नलिनेहररुलाई मतलब हुने कुरा भएन । हुनत कुवेतमा विगतदेखि नै ब्यापर बिज़नेसमा पुहुच भएका र केही उच्च ओहोदामा रहेका बाहेक आम श्रमिकहरुको नजरमा कहील्यै पर्न सकेन एनसिसि । स्थापना कालदेखि नै सस्थाले गरेका सामाजीक कार्यहरु भन्दा नि चुनाव सगै हुने गतिबिधीहरुले चर्चामा आउने गर्छ कुवेत एनसिसि ।

    नेपाला सरकारद्वारा मान्यता प्राप्त नेपाली राजदूतावास पछिको दोस्रो नेपालीहरु साझा संस्था नेपालीहरुको हक़ हितको लागी स्थापना भएको नेपाल बाहीरका नेपालीहरुको छाता संगठनको रुपमा रहेको एनसिसिले कुवेतको हकमा अझ भनौ श्रमिकहरुको हकमा घरेलु महिला कामदारको प्रवेश रोक्न गरेको हस्ताक्षर संकलन बाहेक खासै उपलब्धि मुलक कामहरु गरेको पाइदैन । नत विगतमा भएका विभिन्न एनआरएनए विश्व सम्मेलनमा पुर्याएका कुवेतका श्रमिकहरुका आम समास्या वारे कसैले सम्बोधन गरे नत कुवेतका लागी पारित बजेटको कतै हिसाब किताव भयो । ख़ैर यो पाटो यही बिट मारौ ।

    प्रसंग बदलौ, शुक्रबार नेपाली राजूतावास कुवेतले श्रमिकहरुको हकहित प्रवर्द्धन एवं समस्या समाधान अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । विगत लामो समसदेखि कम्पनिको क्याम र कार्यस्थलमा गएर दूतावासले गर्दै आएको उक्त अन्तरक्रिया हिजो आफ्नै सभाहलमा कुवेती वकिल केही कम्पनिका ब्यबस्थापक र श्रमिकहरु साथै केही संघसंस्थाका पदाधिकारी, पत्रकार सगै दूतावास परिवारको उपस्थितिमा आयोजना गरिएको थियो । खुसिको कुरा त के भने निर्धारित समय मै सुरु भएको उक्त कार्यक्रमले नेपाली समाजमा हुने नेपाली टाइमवाला कार्यक्रमलाई गतिलो सबक़ सिकाएको छ ।

    अन्तरक्रियाकै बिचमा जब प्रश्न उत्तरको पालो आयो सवैले कुवेतमा श्रम गरिरहदा आफुले देखे भोगेका समस्याहरु क्रमश राखे भने दूतावास प्रतिनिधिले समस्या प्रति आफुहरुले देखाएको चासो, समाधान र उपाय सहित उत्तर दिए । कार्यक्रम सुरु भएको करिव १ घण्टा पछि सभाहलमा एनआरएनए एनसिसि कुवेतले प्रवेस गर्यो । प्रवेस गरेको केही समयमै मन्च खोज्दै पुरानै शैलिमा तयार पारीएको रेडिमेट भाषण बाचन गर्दै गर्दा अन्तरकृयाको विषय प्रवेस भन्दा पनि कुवेतमा कृयाशिल पत्रकारहरुलाइ फेरि घुमाउरो पारामा पत्रकारीता गर्न सिकायो र विदा भयो । हुनत अतितमा पनि केही आफुलाइ राजनीतिक पहरेदार ठान्नेहरुले दूतावासका सभाहलमा पत्रकारकै अन्तरक्रिया कार्यक्रममा “कुवेतमा किन चाहीयो पत्रकार” भन्न सम्म भ्याएका थिए ।

    नितान्त परोपकारी पत्रकारितामा दिनरात खट्ने यहा पत्रकारलाई हेर्र्ने दृष्टिकोण फरक भएपनि आवश्यकतालाई भने कसैले नकार्न सक्दैन भन्ने कुरा हिजोकै रेडिमेट भाषणबाट पनि यो कुरा झल्किन्छ । पत्रकारको अस्तित्व नै स्विकार नगर्नेले पक्षले आफ्नै भाषणमा पत्रकारवारे दुई शब्द खर्चिनुले सजिलै बुझ्न सकिन्छ कि उस्लले पनि आफ्नो अस्तित्व अझै छ भनेर समाजमा देखाउन पत्रकारकै साहारा लिएको हो ।

    एनसिसि कुवेतलाई धेरैले नेतृत्व दिए, आफ्नो गक्ष अनुसारको कार्य समेत गरे, पत्रकार महासंघमा पनि धेरै आबद्द भए र छोड़े पनि । आउने जाने क्रम जारी नै रहन्छ । किनभने यहा न त कोही केवल नितान्त एनसिसि हाक्न आएको नत पत्रकारिता गर्न नै। हो हामी यहा श्रम गर्न आएको हो । तर श्रम गरि बचेको समयलाइ नै केही बौद्धिक ब्यक्तिहरुले सामाजिक कार्यहरु गर्ने क्रममा समयको माग सगै सबै स्थापना भएका हुन ।

    यहाहरु सबैलाइ अवगत नै छ केही समय पहिला नेपाल पत्रकार महासंघको नेतृत्व र एनसिसिको नेतृत्व विच घटेको दुखद घट्नाले दुवै संस्थाको सम्बन्ध ३६ को अकड़ामा पुगेको छ । ३६ को आँकड़ा कसरि भने आन्तरिक रुपमै जुर्मुराएको एनसिसिले पछिल्लो समय मिडियालाई कुनै स्थान दिएको छैन भने मिडीयाले पनि कुनै चासो दिएन । तर हिजोको रेडीमेड भाषणमा कोड गरिएको फेसबुके पत्रकारिता भन्ने शब्दले अझै एनसिसिले पत्रकार माथि तुष पालेरै हिडेको स्पष्ट हुन्छ ।

    यो पनि पढ्नुहोस।

    प्रवासमा पत्रकारलाई समाजले हेर्ने आँखा कस्तो ? 

    हो कुवेतमा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतमा आबद्द नभइ स्वोघोषित रुपमा नागरिक पत्रकारिता गर्ने साथिहरु पनि छन । जस्लाइ एनसिसिले फेसबुके भन्छ हामी नागरिक पत्रकारिता भन्छौ । पत्रकारिता जस्ले जसरि गरेपनि आखिर दिने सहि सुचना नै हो । यदि ग़लत सुचना दिएको खण्डमा त्यस्को खण्डन सहित पत्रकार महासंघमा निवेदन दिन सकिन्छ । समस्या समाधानका आफ्नै पाटाहरु छन । तर एनसिसिले महासंघ सग आधाकारिक्ता माग्नु भन्दा पनि फेसबुके पत्रकारको पछि भाग्नुलाई कसरी लिने ?

    कमजोरि महासंघमा आवद्द मिडिया र मिडियाकर्मीहरुमा छदै छैन भन्ने खोजिएको छैन र हैन पनि । हामीमाझ पनि छन धेरै कमजोरिहरु । न्यूजबब्रेकका लागी क्रसचेक बिना समाचार तयार पार्नु, बिहे भोज, जन्मोत्सव, पाटी, पास्नि साथै व्यबसाहिक एनिभर्सरि सगै ब्युटिपारका समाचारलाइ बढ़ी महत्त्वका साथ स्थान दिनु, कुनै पनि कार्यक्रमको चाहीने भन्दा बढ़ी प्रचारप्रसार, मिडिया हाउसका फेसबुक पेजहरुमा चाहीने भन्दा बढ़ी लाइभ, एर्पोट झर्दा देखि चढ्दासम्म र खादा देखि …..सम्म मरिमेटि भएजति सबै मिडियाकर्मीले काधमा बोक्नुले पनि मिडियाकर्मी सस्तो लोकप्रियताको पछि लागेको देखिन्छ । यि बियषमा सबै मिडियाहाउस र मिडियाकर्मीले समयमै ध्यान दिनु जरुरि छ ।

    पत्रकार महासंघ र एनसिसि कुवेतका लागी यी दुवै, सबैलाइ अत्यावश्यक नै छन । केही घटनाक्रमले आपसी दुरिलाइ बढाए पनि अवको नेतृत्वले सबैका समस्याहरुको पहिचान गरि समन्वय गर्दै सम्पर्ण नेपाली श्रमिकका साथै नेपाली समाजको हकहितमा लागे सबैको भलो हुने थियो कि ?

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...