बिश्वमा नेपालीहरु नपुगेको कमै देश होला। देशको बढ्दो गरिबीले नेपालीहरु बिदेशीने क्रम झनझन दिनप्रतिदिन बढिरहेको छ। पहिलेको तुलनामा हेर्ने हो भने कुवेत लगायत खाडीमुलुकहरूमा नेपाली कामदारहरूको माग बढ्दो छ। अन्य मुलुकहरूका कामदारहरु भन्दा नेपाली कामदारहरु ज्यादै इमानदार, कर्तव्यनिष्ट, हक्की, आईपरेको खण्डमा जस्तोसुकै काम पूरा गरेरै छाड्ने भएकोले होला बिदेशी नागरिकले नेपालीहरुलाई मन पराउने भएकाले पनि नेपालीहरुको माग बढेको हुनुपर्छ। तर यी सबै गुण नेपालीहरुमा भएकोले पनि हुनसक्छ अन्य देशका कामदारहरुले नेपालीहरुलाई प्रयोग गरीरहेका प्रसस्तै भेटिन्छन। त्यति मात्रै होईन अन्य मुलका मानिसहरूले नेपालीहरुको इमानदारीताको फाईदा उठाउछन।
खुमन अधिकारीको प्रस्तुति हेर्न नपाई बाहिरीदाको पिडा !
झण्डैझण्डै सालपछी एउटा भब्य बृहत कार्यक्रममा जाने तयारीमा थिए। साथीहरुसग भेटघाट हुने र विभिन्न थरीका ब्यक्तित्वहरुसग भेटेरै भलाकुसारी गर्ने मौका थियोे। प्रवासको ठाउँ सधै झै राती डिउटी सकेर कम्पनीको होस्टेल(बस्ने कोठा)फर्कदै गर्दा गएको बर्षको सोही स्थानको आयोजना भएको कार्यक्रमलाई सम्झिए। सो बेलाका सहकर्मी साथीहरू सम्झिए। त्यो बेलाका साथीहरूले दिएको माया ममता सम्झिदा असाध्यै खुशी महसुस भैइरहेको थियोे। त्यति मनमा कुरा खेलिरहदा होस्टेल पनि पुगेको थाहा नै पाईन। जब कोठामा पुगे, कोठाभरी सरसामान छताछुल्ल थिए। अघिल्लो दिन कार्यक्रममा जाने कुराले सबै सरसामान खोतलेको रहेछु।
कार्यक्रममा जानकै लागी हतारहतार गर्दै थिए सोही बेला सहकर्मी साथीहरूका फोन कल बारम्बार आउने क्रम जारी थियोे। म हिडेर बस चढ्न १०/१५ मिनेट जत्तिकै समय लाग्थ्यो। सहकर्मी साथीलाई भेटे। हामी कार्यक्रममा आयोजक सस्थाले निशुल्क यातायातको व्यवस्थापन गरेकोले सकेसम्म सोही बस चढेर जाने सोचमै थियौ। झण्डै २०/२५ मिनेटको पर्खाइ पछि सोही आयोजक सस्थाको मेरो मित्र अत्यन्तै मिलनसार देशको होनहार युवा कलाकार बिजय ठकुरी(राजा) लाई भेटेपछि असाध्यै खुशी लाग्यो। कार्यक्रम स्थलसम्म पनि सगै ख्यालठट्टा गर्दैगर्दै गयौं।
कार्यक्रम स्थलमा बाहिर पुग्यौं कार्यक्रममा सहभागिता जनाउन आएका सबै खाले ब्यक्तित्वहरु छरपस्ट थिए। शुरुमै पत्रकार महासघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, वसन्त थापा, जय आले, सुरेश गुरुङ, मनोज थापालाई भेटे। साउदी अरबमा कार्यरत बाँकेका पत्रकार अरुण चाँपागाँईको गत डिसेम्बर २ तारीख ब्रेन ह्यान्मरेजका कारण आकस्मिक मृत्यु भएकोले कुवेतका पत्रकारहरुबाट रकम सङ्कल गरिरहनु भएको रहेछ हिमालीसंचार डटकमकर्मी द्वय म(कमल सिंह ठकुरी) र हरी बहादुर बानियाँले पत्रकार अरुण चाँपागाँईको सहयोगका निम्ति थोरै सहयोग गर्यौ। त्यस लगत्तै म कार्यरत कम्पनीमा कार्यरत (होस्टेल टाढाटाढा) प्यारो भाइ आफैमा प्रतिभाशाली कलाकार ललित पुन सग भेट भयो। ललित छोटो समयमै स्वदेश फर्कदै गरेका रहेछन। सायदै उनको त्यो बाध्यता होला। त्यतिकैमा म र सहकर्मी हरी बानियाँ जि हल भित्र प्रबेश गर्यौं।
पत्रकारहरु माधब शाही, नैनकला राई, एकराज मल्ल, प्रेम जिमि, नबराज पन्थी, दिलकुमार पाख्रीन, बिजय धामी लगायत गायकहरु खेम शाही ठकुरी, माधब शर्मा, बिबि मल्ल ठकुरी सगै समाजसेवीहरु रुपेन हमाल, बिष्णु परीयार, एचपी खत्री, उमा घिमिरे, बाबू मल्ल ठकुरी, शान्ता भण्डारी, सुनिता परीयार, ज्ञानु खड्का, साबु दिदीलाई भेटे छोटो मीठो कुराकानी गर्ने अबसर पाए। कार्यक्रम सस्थाका उपाध्यक्ष कृष्ण सुनारको स्वागत मन्तब्यबाट शुरु भैइसकेको थियोे प्रमुख अतिथि, बिशेष अतिथि र केही अतिथिहरुले पनि मन्तब्य राखिरहनु भएको थियोे साथै स्थानीय कलाकारहरुले प्रस्तुति दिइरहेका थिए।
त्यतिकैमा म सहकर्मी हरी बानियाँ जि सग बिदा भएर बाहिरीदै गर्दा पुर्वसहकर्मी प्रदीप नेपालीसग लामो समय देखि भेट भएको थिएन उहाँ टाढाबाट आउने भएकाले होला अचानक भेट भयो छोटो मीठो गफगाफ सगै फोटो खिच्ने मौका मिल्यो। खुमन अधिकारीको बिशेष प्रस्तुति थियोे मेरो प्रतिकुल स्वास्थ अबस्थाका कारण छिट्टै बाहिरीनु पर्ने बाध्यता थियो म खुमन अधिकारीको प्रस्तुति हेर्ने अबसरबाट बन्चित भए। कोठामा पुगेपछि मात्रै लाईभ हेरे।
प्रवासमा पत्रकारलाई हेर्ने समाजको कस्तो आँखा ?
अन्य देशहरूमा झै कुवेतमा पनि थुप्रै विभिन्न खाले नेपाली सामाजिक सस्था मात्रै छैनन् एनआरएनए, कलाकार लगायत राजनीति पाटिहरुका पनि सस्थाहरु छन। कुवेतमा झण्डै ७० को हाराहारीमा विभिन्न नेपाली सघसस्थाहरु छन। सबै सघसस्थाहरुले आयोजना गरेका कार्यक्रममा पत्रकारहरुको उल्लेख उपस्थिति हुन्छ तर दुर्भाग्यवश पत्रकार भन्दा अन्य ब्यक्तिहरुले पत्रकारहरुलाई अबरोध पुर्याईरहेका हुन्छन। यस्मा आयोजकको गल्ती मानौ वा पत्रकारहरुकै गल्ती मानौ म दुबिधामा छु।
केही समय अगाडि एउटा कार्यक्रममा गएको थिए। नेपालबाट चर्चित कलाकारहरू आमन्त्रित थिए। केही कलाकारहरुले प्रस्तुति दिइसकेका थिए भने केहिले दिने क्रममै थिए। म लाईभ गर्दै थिए आयोजकका साथीले मलाई स्टेजमा जान दिएनन। सायदै मलाई चिनेनन होला भनेर म पत्रकार हु भनेपछि मात्रै जान दिए तर त्यहा म भन्दा अगाडि अन्य ब्यक्तिहरु पनि लाईभ गरीरहेका थिए। ती ब्यक्तिहरुलाई नचाहेर हो या अन्य कुनै कारणले हो केही पनि भनेनन म सगै उनिहरुसगै लाईभ लिइरहे।
नेपाली चेलीबेटीहरु धेरैजसो घरेलु कामदारको रूपमा कार्यरत छन। कुवेतमा घरेलु नेपाली महिलाहरुको पीडा अझ खस्कदो छ। नेपाली मेनपावरले तलब धेरै दिने आशमा ल्याएको हुन्छ यहाँ आएपछि मात्रै थाहा हुन्छ कि ती महिलाहरुलाई बिचिएको भन्ने, त्यो पनि न्यून तलबमा।
केही चेलिबेटीहरुले अन्य देशका नागरिक सग भाग्ने गरेका घटना आईरहेका छन भने केहि त नेपालीहरुसगै भागेर बसेका हुन्छन। यसरी भागेर कुवेतको कानुनले बर्जित कार्यहरु गरिरहेका कुवेत प्रहरीले पक्राउ गरि स्वदेश फर्काएको समाचारहरु आईरहदा दूतावासले घरेलु कामदार मात्र नभइ सम्पुर्ण नेपाली कामदारहरुको हकहितका लागि न्यून तलबमा ल्याउने बाताबरण रोक्न सके कुवेत आउने नयाँ कामदारहरुले पीडा भोग्न पर्ने थिएन कि ?
(सिंह हिमाली संसार मिडियाद्वारा संचालित हिमालीसंचार डटकमका अध्यक्ष हुन।)