News Portal

प्रधानमन्त्री ओलीको काम भन्दा गफ बढी खोई त पानी जहाज ?

कर्ण बहादुर अधिकारी
७०४ पटक

युगपुरूष शान्तिका नायक स्वर्गीय गिरीजा प्रसाद कोईरालाको मुखबाट मैले बारम्बार सुन्दै आएको कुरा काँग्रेस जे बोल्छ त्यही गर्छ अनी जे गर्छ त्यही बोल्छ भन्नु हुन्थ्यो। म निकैबेर चिन्तन मनन गर्थे आखिर काँग्रेसले बारम्बार किन यसो भनी रहन्छ भनेर। धेरै समय पश्चात मैले जवाफ पाए काँग्रेस जे बोल्दो रहेछ त्यही गर्दो रहेछ अनि जे गर्दो रहेछ त्यही बोल्दो रहेछ तर आज देशमा कम्युनिस्टहरूको दुई तिहाई बहुमतको सरकार छ। उनीहरू बिगत देखि बर्तमान सम्मको इतिहासलाई केलाएर हेर्ने हो भने उनीहरू जे बोल्छन त्यो गर्दैनन् अनि जे गर्छन त्यो बोल्दैनन्। काँग्रेस र कम्युनिष्टमा फरक यही नै हो। सम्माननीय प्रम केपी शर्मा ओली ज्यूले सार्बजनिक स्थलमा हजारौ जनताका माझ पानी जहाज, मनो रेल र पाईपबाट ग्यासको बिषयमा बोल्नु भएका कुराहरूलाई स्मरण गर्दै केही लेख्ने जमर्को गरेको छु।यस लेखाईले कम्युनिष्टका भक्तजनहरूलाई केही असर पर्न गयो भने माफ गर्नु होला।

मेरो नजरमा सम्माननीय प्रम ओली एक ठट्यौली उखान टुक्कामा माहिर जो बोल्छन तर कुनै पनि काम गरेर देखाउन नसक्ने प्रधानमन्त्री हुनुहुन्छ। सायद उहाँ जस्तो ब्यक्ति न त हिजो नेपाल र नेपालीले पाए न त आउँदा भबिष्यमा नै पाउने छ। उहाँले बिगतमा बोल्नु भएका प्रत्येक कुराहरू मेरो मानसपटलमा अझै पनि ताजा नै छ। घरघरमा ग्यासको पाईप लाईन देखि पूर्ब पश्चिम रेल मार्ग हुँदै हनुमान नगर देखि कलकत्ता सम्मको पानी जहाज र स्टिमरको दन्ते कथा। उहाँ प्रधानमन्त्रीको सफत खाई रहदा म सिंहदरबारमा मात्रै फोटो झुण्डाउन आएको प्रधानमन्त्री होईन म त जनताको सेवा गर्ने प्रम हुँ भन्नु हुन्थ्यो तर उहाँको यो १०/११ महिने कार्यकालमा फोटो सिंह दरबारमा मात्र होईन काठमाण्डौ लगाएत अन्य शहरहरूमा समृद्ध नेपालको नाउँमा उहाँको तस्बिरले बिजुलीको पोल र भित्ताहरूमा टासिने मौका पाउनु भयो ।

यो टास्ने सबै उहाँका शुभचिन्तकहरू नै हुन्। एकातिर कञ्चनपुरमा बलात्कार पश्चात हत्या गरीएको निर्मला पन्तको हत्यारा सरकारले पत्ता लगाउन नसक्दा न्यायका लागि आवाज उठाउने जनताले निर्मला पन्तको तस्बिर टास्दै जाने अर्को तर्फ नेपाल सरकारका सुरक्षाकर्मी साथीहरू उपकाउदै जाने प्रकृया चलि नै रह्यो। आजसम्म पनि सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुर्भाग्य पूर्ण कुरा हो । निर्मला पन्तको हत्याराको नाममा सोझा नागरीकलाई दुख दिएर सताउने कार्य भई राखेको छ।केही दिन अगाडी सार्वजनिक स्थलमै निर्मलाको हत्यारा पत्ता लागि सक्यो भनेर कुर्लिने रक्षा मन्त्री ईश्वर पोख्रेल किन मौन ? त्यति ठूलो पद धारण गरेको ब्यक्तिले बोल्ने कुरा यही हो त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्बजनिक स्थलमा २०७५ सालको पौष १५ देखि १६ सम्ममा नेपालको हनुमाननगर देखि कलकत्तासम्म पानी जहाजमा सररर मान्छे र सामान ओसारपसार हुन्छ भनेर मिति नै तोकि दिनु भएको थियो। उहाँको कुरा सुनेर कार्यक्रममा उपस्थित भएकाहरू बडो चाखले उफ्री उफ्री ताली बजाउथे। नेपाली जनता पनि खुशी नै थिए तर जब पौष १६ गते आयो उहाँले बोलेका कुराहरू सबै भाषणमा मात्र सिमित भए स्थलमा केही देखिएन। यसै बिषयमा काउकुति साथै उत्सुकता लागेर नै प्रम ओलीलाई पानी जहाजको टिकट कहाँ पाईएला प्रम ज्यू भन्दै प्रश्न गरेको हुँ। भारतले ६ महिना लामो नाकाबन्दी लगाउदा देखावटी रूपमा राष्ट्रबादी बन्न सफल हुनु भएका प्रमले काठकै मुडा बाडेर भए पनि जनताबाट समर्थन पाएका थिए। नेपाल आफैमा आत्म निर्भर छ भनेर देखाउन र चीन संगको ब्यापार संझौता गर्न सफल भएका ओलीले जब दोश्रो कार्यकाल सम्हाले त्यसपछि भने उहाँको राष्ट्रबाद छर्लङ देखिदै सतहीमा आयो। उहाँ भारत सामु नझुकी धरै भएन।

ओलीले बिस्तारै जनताको साथ र समर्थ पाउन छोडेको छन। उहाँको हरेक कुराहरू हासी मजाक र भाषणमा मात्र सिमित भए। अब जनता भाषण होईन काम चाहन्छ। मेलम्ची खानीपानी आयोजना, मनोरेलको त कुरै नगरौ कति चोटी बोले बोले। नेपालले वाईड बडी बिमान खरीद गरेको कुरा सुन्दा सबै गौरबबान्बित भएका थियौ कारण नेपालको ध्वजा बाहक जहाजले बिश्वको कुना कुनामा उडान भर्ने छ तर बिमानले नत उडान भर्न सक्यो न त बिमान नेपालको नै रहेछ । बिमान त केवल भाडामा पो रहेछ भन्ने सुनियो। ४ अरब ३१ करोड भन्दा बढी पैसा हिना मिना भएको प्रतिबेदन आएको छ भन्ने सुनियो।कम्युनिष्ट सरकारको पालामा यति धेरै भ्रष्ट्राचार हुनु दुर्भाग्य पूर्ण कुरा हो।समृद्धिका कुरा गर्ने प्रम भ्रष्ट्राचारीलाई ठाउँका ठाउँ कार्बाही गर्छु भन्थे खै त कार्बाही गरेको ? भ्रष्ट्रचारी अहिले दिन दुई गुणा रात चार गुणाको दरले बृद्धि भई रहेको छ। महंगीले आकाश छोएको छ।

नेपाली काँग्रेसले सत्ता हस्तान्तरण गर्दाको राज्यको ढुकुटी यिनको पालामा आई पुग्दा ९५ अरब भन्दा कम भएको छ। जनतामा कही कतैबाट अमन चयनको वातावरण सृजित गर्न सकेको छै। कृष्चियन धर्माबलम्बीहरू रातारात बृद्धि हुँदै गई रहेको छ। धर्म निरीपेक्ष भएपछि धर्म परीवर्तन गराउनेलाई जेल सजाय देखि देश निकाला सम्मको कुरा आएको थियो खै त त्यो कुरा पालना भएको ? सरकारले भ्रष्ट्राचारी, बलत्कारी, हत्यारा र धर्म परीवर्तन गराउनेहरूलाई कानुनी दायरामा किन ल्याउन सक्दैन ? बर्तमान सरकारको थुप्रै कमी कम्जोरीहरू छन्। सरकारले यसलाई सुधार गरेर लैजान जरूरी छ।

देशको सम्मननीय पद धारण गर्नु भएका प्रधानमन्त्री जस्तो ब्यक्तित्वले आफुलाई मनमा जे लाग्यो त्यहि कुरा सार्बजनिक ठाउँमा बोल्नु उपयुक्त हुँदैन। तुरून्तै गरेर देखाउन नसक्ने कामलाई सकिन्छ भनेर जनतालाई भेडो बनाउने कोशीश नगर्नु होला प्रम ओली ज्यू। जनता अब सबै र सधै भेडा भएर बस्न चाहदैन्। तपाईको कुरा हावादारी हो भनेर त मैले सामाजिक संजालमै कति पटक ओकली सकेको छु ती सबै कुरा सार्थक भई रहेका छन् । मलाई त सम्माननीय प्रम ओलीको बोलीमा एक रति पनि बिश्वास छैन तपाईहरूलाई नी ? फेरी पनि प्रम ओलीलाई भन्न मन लाग्यो पानी जहाजको टिकट कहाँ पाईन्छ प्रम ज्यू ?

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...