News Portal

इसाई धर्मको संरक्षणमा मन्दिर भत्काउने प्रचण्डलाई खुलापत्र !

सन्तोष आचार्य
६९५ पटक

प्यारो नेता प्रचण्ड जी नमस्कार !!

यो अभागीले हजुरलाई नजिकैबाट नचिने पनि तपाईलाई नजिकैबाट चिन्ने सायद धेरै छ्न् होला । कम्युनिष्टको खोल ओढेर अब कति दिन क्रिस्चियन इसाईको धर्मप्रचारमा लाग्नु हुन्छ । किनकी तपाईहरु कम्युनिष्ट भएर धर्मनिरपेक्षको आडमा क्रिस्चियन इसाई धर्मप्रतिको माया ममतालाई के नेपाली जनताले थाहा नपाउला र  ।

ईसाईहरूको संरक्षण र सहयोगमा हुर्किएको हजुरहरुको भुपु पार्टीले युद्धकालमा मन्दिर भत्काउने, धर्मगुरुको हत्या गर्ने, नेपाली मौलिक संस्कृति एवम् परम्पराविपरीतका क्रियाकलाप गर्ने  !! राजनीतिक परिवर्तनको नाममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक ढाल्ने ।

हिन्दूराज्यको पहिचान मेटेर कपटपूर्ण तरिकाले धर्मनिरपेक्ष बनाउनु सुशील कोइराला जस्तो सोझो प्रधानमन्त्री त पाउनु नै भए को हो क्यारे । जातीय एवम् क्षेत्रीय सद्भावमा टिकेको नेपालको अस्तित्वलाई जगैदेखि ध्वस्त गर्नका निम्ति क्षेत्रीयतावाद र जातिवाद प्रोत्साहित हुने सङ्घीयतालाई बलजफ्ती प्रवेश गराउन त सुबास नेम्वाङ, कृष्णबहादुर महरा, बाबुरामहरुको साथले सफल हुनु नै भए को हो ।

गीतालाई हातले छोएर भगवानको नाममा कसम नखाएर कम्युनिष्टको नाम जोगाउने अनि खाँटी मार्क्सवादी हुनुपर्छ भन्दै आफ्नै बाउ बाजेको परम्परा संस्कृति, धर्मको बिरोध गर्नु पनि हुँदैछ आज भोलि ।

परम्पराअनुसार आफ्नी आमाको किरियाकर्म नगरेर प्रगतिशील बनेको प्रमाणित हुन खोज्ने माधव कमरेडहरु इसाईमाताको पाउमा छाँद हालेर ‘हलेल्लुलाह’ भनी युगल जोडी गाँसिएर चिच्याएको नेपाली हामीले आँखा छोप्दा पनि देखिएछ त ।

सत्य कुरा कहिले छोपिँदैन । अनि झुटो कुरा कहिले लामो समय सम्म टिक्दैन । यस कुरोको चरिथार्थ हजुरहरुले धर्मनिरपेक्ष राष्ट्र नेपाल किन बनाउनु भएको रहेछ भन्ने कुरा अब नेपाली हामीले स्पस्ट बुझे कि अझै बुझाउनु पर्ने होला ।

माक्र्सवादलाई तिलाञ्जली दिएको पनि त धरै नै भो क्यारे । कमरेडहरु अब त ६० कट्नु भो होला अब फेरि नेपाललाई प्रयोगशाला बनाउन नखोजे कसो होला ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...