आज : २०२६-०७-२०, सोमबार

श्रम संस्कृति पार्टीद्वारा चौंरीदेउराली गाउँपालिकामा ९ सदस्यीय कार्यसमिति गठन

काभ्रेपलाञ्चोक, श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकामा ९ सदस्यीय गाउँपालिका कार्यसमिति गठन गरेको छ।

केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज जनजित तामाङको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य हिरामान बलको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा भोजबहादुर स्याङतानको संयोजकत्वमा ९ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले पार्टीको संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनताको हक, हित र अधिकारको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न नवगठित कार्यसमितिलाई आग्रह गरे। उनीहरूले संगठनलाई थप सुदृढ, अनुशासित र जनमुखी बनाउँदै पार्टीका नीति, सिद्धान्त तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित संयोजक भोजबहादुर स्याङतानसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

श्रम संस्कृति पार्टीले देशव्यापी संगठन विस्तार अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित स्थानीय तहसम्म संगठन निर्माणलाई तीव्रता दिइरहेको जनाएको छ।