आज : २०२६-०७-१७, शुक्रबार

होम डेलिभरीको प्रचार, सेवाग्राहीलाई सास्ती: १३ दिनसम्म पनि आएन पासपोर्ट?

काठमाडौं– ४८ घण्टाभित्र पासपोर्ट घरमै पुग्छ। भन्ने सरकारी प्रचारले सेवाग्राहीमा ठूलो आशा जगाएको थियो। तर व्यवहारमा भने अवस्था ठीक उल्टो देखिएको छ। १२ हजार रुपैयाँ तिरेर ‘फास्ट ट्र्याक’ सेवा लिएका सेवाग्राहीहरू समेत १३ दिन बितिसक्दा पासपोर्ट नपाएको गुनासो गरिरहेका छन्।

सरकारले होम डेलिभरी सेवाको व्यापक प्रचार गरे पनि धेरै सेवाग्राहीले अझै कार्यालय धाउनुपर्ने, पटक–पटक फोन गर्नुपर्ने र लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको बताएका छन्। ४८ घण्टामा घरमै पासपोर्ट पुग्छ भन्ने विश्वासमा अतिरिक्त शुल्क तिर्यौं, तर दुई हप्ता बित्दा पनि कुनै जानकारी छैन।एक सेवाग्राहीले गुनासो गरे।

सेवा छिटो र सहज बनाउने उद्देश्यले लागू गरिएको व्यवस्था नै ढिलो र झन्झटिलो बन्दा सेवाग्राहीमा असन्तुष्टि बढ्दै गएको छ। नागरिकले सोधिरहेका छन। ४८ घण्टामै सेवा दिन सकिँदैन भने यस्तो आश्वासन किन दिइयो?

सम्बन्धित निकायले ढिलाइको कारणबारे स्पष्ट जानकारी दिनुपर्ने, सेवाको वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने र अतिरिक्त शुल्क तिर्ने सेवाग्राहीले वाचा अनुसारको सेवा पाउने सुनिश्चित गर्नुपर्ने माग बढिरहेको छ।पासपोर्ट होम डेलिभरीको प्रचार मात्र हो कि सेवामा पनि त्यत्तिकै प्रतिबद्धता छ?