सिप सिकौँ, स्वरोजगार बनौँ’ अभियान: आर एम मोबाइल सेन्टरको मोबाइल मर्मत तालिममा १००% रोजगारीको सुनिश्चितता

मनहरी, मकवानपुर -विदेशमा रोजगारीको खोजीमा जाने युवाको संख्या बढिरहेका बेला मनहरी बजारस्थित आर एम मोबाइल सेन्टर ले “सिप सिकौँ, स्वरोजगार बनौँ” भन्ने नारासहित मोबाइल मर्मत तालिम सञ्चालनमा ल्याएको छ। तालिम सफलतापूर्वक पूरा गर्ने प्रशिक्षार्थीलाई १०० प्रतिशत रोजगारी (Job Guarantee) को सुनिश्चितता गरिने संस्थाले जनाएको छ।
नेपालका धेरै युवाहरू रोजगारीको खोजीमा लाखौँ रुपैयाँ ऋण लिएर विदेशिन बाध्य भइरहेका छन्। परिवारबाट टाढा बसेर कठिन परिस्थितिमा काम गर्नुपर्ने अवस्थाबीच स्वदेशमै सीप सिकेर आत्मनिर्भर बन्न सकिने सन्देशसहित उक्त तालिम सञ्चालन गरिएको हो।
आर एम मोबाइल सेन्टरका प्रोप्राइटर रुद्र मोक्तान ले वर्तमान समय प्रविधिको युग भएकाले मोबाइल प्रयोगकर्ताको संख्या बढेसँगै दक्ष मोबाइल प्राविधिकको माग पनि निरन्तर बढिरहेको बताए। यही आवश्यकतालाई ध्यानमा राख्दै युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीसँग जोड्ने उद्देश्यले तालिम सुरु गरिएको उनको भनाइ छ।
उनले भने, “रोजगारीको खोजीमा भौंतारिनुभन्दा एउटा राम्रो सीप सिक्नुहोस्। सीप यस्तो सम्पत्ति हो, जसलाई कसैले खोस्न सक्दैन। सीप भएपछि आफ्नै ठाउँमा बसेर सम्मानपूर्वक आम्दानी गर्न सकिन्छ। हामी तालिम मात्र होइन, प्रशिक्षार्थीलाई रोजगारीसँग पनि जोड्ने जिम्मेवारी लिन्छौँ।”
मोबाइल मर्मत व्यवसाय कम लगानीमा सुरु गर्न सकिने, वर्षभरि माग रहने र स्थायी आम्दानीको सम्भावना भएको व्यवसाय भएकाले यो तालिम युवाका लागि प्रभावकारी अवसर बन्ने विश्वास संस्थाले लिएको छ।
आर एम मोबाइल सेन्टरले समयको सदुपयोग गर्दै सीप सिक्न, आत्मनिर्भर बन्न र स्वदेशमै अवसर सिर्जना गर्न सम्पूर्ण युवालाई आग्रह गरेको छ। संस्थाका अनुसार, विदेश जाने सपना मात्र होइन, आफ्नै देशमा उद्यम गर्दै अरूलाई समेत रोजगारी दिने उद्यमी बन्ने सोच विकास गर्नु आजको आवश्यकता हो।

















