News Portal

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

५१ पटक

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा ट्रेड युनियन खारेज गर्ने विषयमा चासो व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई यस्तो निर्णय नगर्न आग्रह गरेको छ।

वैशाख ६ गते पठाइएको पत्रमार्फत महासंघले ट्रेड युनियन हटाउने कदम अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानको मर्मविपरीत हुने उल्लेख गरेको छ। साथै, यसले कामदारहरूको संगठन बनाउने, संगठित हुने र सामूहिक सौदाबाजी गर्ने अधिकारमा प्रत्यक्ष असर पर्ने जनाइएको छ।

महासचिव जोला सापेथाले हस्ताक्षर गरेको पत्रमा ट्रेड युनियन खारेज गरिएमा सार्वजनिक प्रशासन कमजोर बन्ने र सेवा प्रवाहमा नकारात्मक प्रभाव पर्ने चेतावनी दिइएको छ। कामदारहरूको आवाज दबिनुका साथै न्यून पारिश्रमिक र सस्तो श्रमलाई प्रोत्साहन हुने जोखिम पनि औंल्याइएको छ।

नेपालले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का सन्धि नम्बर ८७ र ९८ को स्मरण गराउँदै महासंघले ती मापदण्डहरूको पालना गर्न सरकारलाई सुझाव दिएको छ।

साथै, कामदारहरूको संवैधानिक अधिकारको सम्मान गर्दै ट्रेड युनियनहरूसँग संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिइएको छ। यस्ता सुझावलाई बेवास्ता गरेमा नेपालको अन्तर्राष्ट्रिय छवि र श्रम सम्बन्धमा नकारात्मक असर पर्ने चेतावनी समेत पत्रमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...