News Portal

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

१५४ पटक

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा संसदीय समितिहरूका सभापतिका लागि उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको छ।

संघीय संसदअन्तर्गत रहेका विभिन्न समितिमध्ये प्रतिनिधिसभाका १० वटा र संयुक्त दुई समितिका सभापतिहरू चयन हुन बाँकी छन्। राष्ट्रिय सभाअन्तर्गतका समितिहरूको सभापति भने यसअघि नै चयन भइसकेका छन्।

प्रतिनिधिसभाले गत चैत २७ गते विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाइसकेको छ। सोही आधारमा सभामुखले आगामी शुक्रबारका लागि सभापति निर्वाचनको मिति निर्धारण गरेका छन्।

प्रचलित व्यवस्था अनुसार सम्बन्धित समितिका सदस्यहरूले प्रस्तावक र समर्थकसहित सभापतिमा उम्मेदवारी दिन सक्नेछन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...