News Portal

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

१६९ पटक

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क बेडको विवरण अनलाइनमार्फत सार्वजनिक गर्न थालेको छ। ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याउँदै अब नागरिकले कुन अस्पतालमा कति निःशुल्क शय्या उपलब्ध छन् भन्ने जानकारी सहजै रियल–टाइममा प्राप्त गर्न सक्ने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो व्यवस्था सरकारी मात्र नभई निजी र सामुदायिक अस्पतालमा समेत लागू गरिएको छ। अस्पतालहरूले अनिवार्य रूपमा आफ्नो निःशुल्क बेडसम्बन्धी विवरण नियमित रूपमा प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ।

पहिले कागजी प्रक्रियामा सीमित रहेको यस्तो सेवा अब डिजिटल माध्यममा आएपछि वास्तविक लक्षित वर्गले सहज रूपमा उपचार पाउने विश्वास गरिएको छ। पोर्टलमा बिरामीको भर्ना मिति, बेड नम्बर, सम्बन्धित विभाग लगायतका आधारभूत विवरण पनि समावेश गरिनेछ।

स्वास्थ्य सेवा थप पारदर्शी र उत्तरदायी बनाउन सरकारले ‘अस्पताल सेवा सुधार कार्यविधि’ समेत लागू गरेको जनाएको छ। साथै, भविष्यमा यस प्रणालीलाई डिजिटल पेसेन्ट रेकर्डसँग जोड्ने तयारी भइरहेको छ, जसले उपचार प्रक्रियालाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...