News Portal

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

२५ पटक

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको अवस्थामा पूर्णबहादुर खड्काले सोमबार ‘कार्यवाहक सभापति’ कै हैसियतमा प्रेस विज्ञप्ति जारी गरेपछि किचलो पुनः सतहमा आएको हो।

कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि उपचारका लागि विदेश जानुअघि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो। त्यसपछि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशन आयोजना गरी थापालाई सभापति घोषणा गरेको थियो।

तर खड्काले जारी गर्नुभएको विज्ञप्तिमा उक्त विशेष महाधिवेशनलाई ‘कथित’ भन्दै त्यसबाट बनेको कार्यसमितिलाई मान्यता दिन नहुने स्पष्ट पार्नुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै निर्वाचन आयोगको बहुमतका आधारमा गरिएको निर्णय पार्टी विधान, संविधान तथा दलसम्बन्धी कानुनी व्यवस्थाविपरीत रहेको दाबी गर्नुभएको छ।

विज्ञप्तिअनुसार २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिबाट संशोधनसहित पारित भइसकेको छ। सो निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरिएको भन्दै खड्काले त्यसलाई एकपक्षीय कदमको संज्ञा दिनुभएको छ।

उहाँले विशेष महाधिवेशनबाट बनेको भनिएको केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण तथा वितरण प्रक्रिया खारेज गर्ने घोषणा गरेको विषयप्रति गम्भीर आपत्ति जनाउनुभएको छ। विज्ञप्तिमा क्रियाशील सदस्यता कुनै नेताको हार–जीतसँग मात्र नभई पार्टीको ऐतिहासिक संघर्ष, लोकतान्त्रिक आन्दोलन, शहीद परिवारको सम्मान र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषय भएको उल्लेख गरिएको छ।

खड्काले पार्टीभित्रको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु ‘बदनियतपूर्ण’ भएको आरोप लगाउनुभएको छ। उहाँका अनुसार निर्धारित कार्यतालिकाअन्तर्गत वितरण भएका सदस्यता खारेज गर्ने र पुनः अध्यावधिक गर्नेले मात्रै महाधिवेशनमा भाग लिन पाउने भन्ने धारणा अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक छ।

विज्ञप्तिमा पार्टीको पन्ध्रौँ महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न गरिने स्पष्ट पारिएको छ। छुटेका सदस्यलाई अवसर दिँदै महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जनाइएको छ।

यस घटनाक्रमले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष थप सतहमा ल्याएको छ। विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापति बनाइएको विषयलाई अस्वीकार गर्दै खड्काद्वारा कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरिनुले पार्टीभित्रको विभाजन झन् गहिरिएको राजनीतिक वृत्तमा चर्चा छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...