News Portal

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

९५ पटक

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक निर्माण कार्यमा व्यापक अनियमितता भएको आरोप स्थानीयवासीले लगाएका छन्। संघीय सरकारको करिब २ करोड रुपैयाँ लागतमा नितिका एण्ड राज कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको उक्त सडक गुणस्तरहीन रहेको गुनासो बढ्दै गएको हो।

स्थानीयका अनुसार सडक निर्माणमा लापरबाही भएको विषयमा सात दिनदेखि निरन्तर आवाज उठाउँदा समेत कुनै निकायले सुनुवाइ नगरेको बताइएको छ। स्थानीय गीता देवी सहनीले पटक–पटक गुनासो गर्दा पनि सम्बन्धित पक्षबाट बेवास्ता गरिएको बताइन्।

स्थानीयवासीका अनुसार ठेकेदार स्वयं उपस्थित भएर स्थानीयलाई हप्काउँदै मनपरी ढंगले नापजाँच गरेको आरोप छ। विरोध गर्दा समेत अटेर गर्दै काम अगाडि बढाइएको उनीहरूको भनाइ छ।

निर्माण सम्पन्न भएको केही समयमै सडकका विभिन्न भागमा पानी जम्ने समस्या देखिएको छ भने गिट्टी निस्कन थालेको स्थानीयले बताएका छन्। यसले निर्माणको गुणस्तरप्रति गम्भीर प्रश्न उठाएको छ।

यस विषयमा नगर प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षसमेतले “अब यस्तै हुन्छ” भन्दै पन्छिने प्रयास गरेको स्थानीय मनोज कुमार साहले आरोप लगाए। अनुगमनका क्रममा समेत सम्बन्धित जनप्रतिनिधिले चासो नदेखाएको उनको भनाइ छ।

यता सडक विभागका इन्जिनियर संजिवलाल दासले सडकमा केही स्थानमा मापदण्डअनुसार काम नभएको स्वीकार गरेका छन्। उनले गुणस्तरीय काम नभएसम्म ठेकेदारको बिल पास नगर्ने स्पष्ट पारे।

तर, स्थानीयवासीले पटक–पटक आवाज उठाउँदा पनि प्रदेश र केन्द्र सरकारको मौनता प्रति असन्तुष्टि जनाउँदै समयमै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...