
काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा सवारीसाधन आपसमा जुध्दा दुर्घटना भएको छ। मोटरसाइकल, स्कुटर र माइक्रोबस ठोक्किँदा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ। ठक्करपछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो। प्रहरीले तत्काल आगो नियन्त्रणमा लिँदै स्थिति सामान्य बनाएको जनाएको छ।
दुर्घटनापछि केही समय सवारी आवागमनमा अवरोध भएको थियो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।