News Portal

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

२२ पटक

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका साथीहरुबाट देखाइएको विश्वासप्रति उच्च सम्मान र आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, “साथीहरु सगै जिल्लाबाट भावी उम्मेदवारको रुपमा मेरो नाम लिष्ट पठाउनु हुने पार्टीका शीर्ष नेतागण एवं सबै साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु।”

चन्द्र थापाले पार्टीभित्र हालै सम्पन्न विशेष महाधिवेशन र अदालत जाने विषयले सिर्जना गरेको वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै भनेका छन् कि निर्वाचनको समयमा आन्तरिक विवादका कारण उम्मेदवारलाई चुनौती हुन सक्ने संकेत देखिएको छ। उनले थपे, “पार्टी भित्रको आन्तरिक विवाद नटुङ्गिएसम्म टिकटका लागि केन्द्रमा अनुरोध नगर्ने र टिकट पाएर जाने साथीलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दछु।”चन्द्र थापाले सामाजिक सञ्जालमा लेख्दै पार्टीभित्र निराशा छाएको वर्तमान परिस्थितिमा नेता तथा कार्यकर्ताले मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताए। उनले भनेका छन्, “निराशा हैन, आशा देखाउनुपर्छ। दुवै पक्ष मिलेर अघि बढ्दा पार्टी अझ मजबुत हुन्छ।”

चन्द्र थापाको यो अभिव्यक्तिले आगामी निर्वाचनमा कांग्रेस भित्र सहकार्य र एकता कायम राख्ने संकेतको रूपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...