News Portal

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

१७० पटक

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका साथीहरुबाट देखाइएको विश्वासप्रति उच्च सम्मान र आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, “साथीहरु सगै जिल्लाबाट भावी उम्मेदवारको रुपमा मेरो नाम लिष्ट पठाउनु हुने पार्टीका शीर्ष नेतागण एवं सबै साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु।”

चन्द्र थापाले पार्टीभित्र हालै सम्पन्न विशेष महाधिवेशन र अदालत जाने विषयले सिर्जना गरेको वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै भनेका छन् कि निर्वाचनको समयमा आन्तरिक विवादका कारण उम्मेदवारलाई चुनौती हुन सक्ने संकेत देखिएको छ। उनले थपे, “पार्टी भित्रको आन्तरिक विवाद नटुङ्गिएसम्म टिकटका लागि केन्द्रमा अनुरोध नगर्ने र टिकट पाएर जाने साथीलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दछु।”चन्द्र थापाले सामाजिक सञ्जालमा लेख्दै पार्टीभित्र निराशा छाएको वर्तमान परिस्थितिमा नेता तथा कार्यकर्ताले मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताए। उनले भनेका छन्, “निराशा हैन, आशा देखाउनुपर्छ। दुवै पक्ष मिलेर अघि बढ्दा पार्टी अझ मजबुत हुन्छ।”

चन्द्र थापाको यो अभिव्यक्तिले आगामी निर्वाचनमा कांग्रेस भित्र सहकार्य र एकता कायम राख्ने संकेतको रूपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...