
काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै हुनुपर्ने बताए। उनले चेतावनी दिएका छन् कि यदि बालेन प्रधानमन्त्री नबने, उनी जनकपुरमा आएर आत्मदाह गर्नेछन्।
सिंहले बालेनलाई देशको महानायकको रुपमा व्याख्या गर्दै मधेशलाई प्रधानमन्त्री दिने विषयमा जनताको समर्थन मागेका छन्। उनले भने, “हामी सीता माताका सन्तान हौं। सीमा माता यही धर्तीमा समाहित भएकी थिइन्। बालेन प्रधानमन्त्री नबने म जनकपुरको धर्तीमा समाहित हुनेछु। यदि बालेन प्रधानमन्त्री नबने, म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु।”
उनी आफ्नो भाषणमा जनतालाई आफ्नो गम्झा देखाउँदै मधेशलाई प्रधानमन्त्री दिन आग्रह गरे। सिंहले आफू संग केही नभएको उल्लेख गर्दै केवल समर्थनको माग गरेका थिए।