News Portal

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

१२७ पटक

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ । “यहाँ फोहोर फाल्न मनाही छ” भनेर टाँसिएका सूचनाकै अगाडि फोहोरको थुप्रो देखिन थालेपछि सहरको सुन्दरता मात्रै होइन, जनस्वास्थ्यसमेत जोखिममा परेको छ । मुख्य सडक, चोक र प्रतीक्षालय वरिपरि दुर्गन्ध फैलिँदा पैदलयात्री नाक थुनेर हिँड्न बाध्य छन् भने स्थानीय व्यवसायी निराश बनेका छन् ।

पोखरा–९ नयाँबजार बुद्धपार्क र सिर्जनाचोक क्षेत्रमा देखिएको दृश्यले महानगरको फोहोर व्यवस्थापन कति कमजोर अवस्थामा पुगेको छ भन्ने प्रस्ट देखाउँछ । ल्यान्डफिल साइट भरिएपछि फोहोर उठ्न नसक्दा सडकछेउमै थुपारिएको फोहोरबाट झिँगा भन्किरहेका छन् । केही दिनदेखि फोहोर संकलन ठप्प हुँदा पर्यटकीय सहर दुर्गन्धित बन्दै गएको छ ।

समस्याको मूल कारण ल्यान्डफिल साइटको विकल्प नखोजिनु हो । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइट स्थानीयको अवरोधपछि बन्दजस्तै बनेको छ । स्थायी फोहोर प्रशोधन केन्द्र निर्माणका लागि पोखरा–३३ मा प्रस्ताव गरिएको स्थानमा पनि स्थानीय विरोध चर्किँदा काम अघि बढ्न सकेको छैन । यसै विषयमा भएको आन्दोलन, तोडफोड र वडाध्यक्षले खुकुरी नचाएको घटनाले फोहोर व्यवस्थापनको विवादलाई झन् पेचिलो बनाएको छ ।

महानगरपालिका वैकल्पिक स्थान खोजिरहेको बताउँदै आए पनि ठोस निर्णयमा पुग्न सकेको छैन । मझुवा लगायतका क्षेत्रमा जग्गा हेर्ने काम भए पनि सहमति जुट्न नसक्दा समस्या जस्ताको तस्तै छ । मेयर धनराज आचार्यले स्थानीयको सहकार्य बिना समाधान सम्भव नहुने बताउँदै आएका छन् ।

फोहोर उठाउने ठेक्कामा समेत विवाद छ । बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई म्याद थप गरिएको विषयमा अख्तियार र महालेखा परीक्षकले प्रश्न उठाएका छन् । आर्थिक घाटा व्यहोर्दै पुरानै कम्पनीलाई जिम्मा दिइँदा पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ ।

दैनिक करिब २०० टन फोहोर उत्पादन हुने पोखरामा दीर्घकालीन योजना स्पष्ट नहुँदा संकट झन् गहिरिँदै गएको छ । जग्गा विवाद, मूल्यांकन समस्या र स्थानीय असन्तुष्टिका कारण फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया रोकिँदा पोखराको फोहोर व्यवस्थापन विवाद, अव्यवस्था र राजनीति भित्रै अल्झिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...