News Portal

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

१०७ पटक

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

केन्द्रीय उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्विरोध भएका छन्।

यसैगरी सह–महामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै ८ जना चयन भएका छन्। सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुर सिंह लामा (आदिवासी जनजाति), उदय शम्शेर राणा (खसआर्य), मुक्ता कुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्विरोध भएका छन्।

केन्द्रीय सदस्यतर्फ खुल्ला, महिला, प्रदेशगत तथा समावेशी क्लस्टर अन्तर्गत ठूलो संख्यामा नेता–नेत्रीहरू निर्विरोध चयन भएका छन्। खुल्ला केन्द्रीय सदस्यमा ३५ जना, महिला खुल्लामा ९ जना, प्रदेशगत महिला तथा खुल्ला सदस्य, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, खसआर्य, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति गठन गरिएको छ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, समावेशीता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...