News Portal

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

१९९ पटक

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि सरकारले उक्त उत्पादन तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झापाको कमल गाउँपालिकास्थित हाइजेन प्याक्स नेपाल प्रालिले उत्पादन गरेको यो पेय पदार्थ मापदण्डअनुसार नभएको पुष्टि गरेको हो।

हिमाली संचारसँग विभाग स्रोतले बताएअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त म्यांगो ड्रिंकमा ‘कुल घुलनशील ठोस पदार्थ’ को मात्रा तोकिएको न्यूनतम स्तरभन्दा कम पाइएको छ। यसका कारण उपभोक्ता हितमा असर पर्न सक्ने भन्दै सम्बन्धित ब्याच बजारबाट हटाउन आदेश दिइएको हो।

फिर्ता गर्न भनिएको उत्पादन २०० मिलिलिटरको प्याकमा बिक्री हुँदै आएको छ, जसको ब्याच नम्बर एनएमआर१०७एम१ रहेको छ। यसको उत्पादन मिति २७ पुस २०८२ र उपभोग्य अवधि १२ महिना उल्लेख गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सो ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता लिन, बिक्री रोक्न र पुनः वितरण नगर्न उत्पादक तथा वितरकलाई निर्देशन दिइएको विभागले जनाएको छ। साथै, उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा लेबल र ब्याच नम्बर ध्यानपूर्वक हेर्न र कुनै कैफियत भेटिए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...