News Portal

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

१२८ पटक

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन गर्दा धरौटी राख्नुपर्ने नयाँ नियम जारी गरेको छ। जनवरी २१ देखि लागू हुने यस नियमअनुसार न्यूनतम ५ हजार अमेरिकी डलरदेखि अधिकतम १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ।

धरौटीको रकम कन्सुलर अफिसरले आवेदकको अवस्था अनुसार तोक्नेछन् र रकम अमेरिकी सरकारी पोर्टल मार्फत सीधै जम्मा गर्नुपर्नेछ। कुनै तेस्रो पक्ष वा एजेन्ट मार्फत रकम बुझाउन नहुने सर्त राखिएको छ।

धरौटी राखेर अमेरिका जाने नेपालीहरूले केवल न्युयोर्कको जोन एफ. केनेडी, वासिङ्टन डीसीको डलेस, र बोस्टनको लोगन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न सक्नेछन्। अन्य विमानस्थल प्रयोग गरेमा धरौटी जफत हुने र भविष्यमा अमेरिका प्रवेशमा रोक लाग्ने चेतावनी अमेरिकी विदेश मन्त्रालयले दिएको छ।

धरौटी रकम फिर्ता पाउन आवेदकले तोकिएको समयभित्र अमेरिका छोड्नु पर्ने, भिसाको सर्त उल्लंघन नगर्नु पर्ने र तोकिएका विमानस्थलबाट बाहिरिएको प्रमाण देखाउनु पर्नेछ। भिसा म्याद नाघेपछि वा शरणार्थीको रूपमा बस्नेहरूले धरौटी रकम फिर्ता पाउने छैनन्।

नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया, भेनेजुएला लगायत ३८ देशका नागरिकहरू यस नियमको दायरामा परेका छन्। अमेरिकी प्रशासनले यो नियम मुख्यतया समयमै आफ्नो देश फर्कने नागरिक कम भएका देशहरूलाई लक्षित गरी ल्याएको बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...