
काठमाडौँ, पुष २० — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक सञ्चालन गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकमा संगठनात्मक विषय र आगामी कार्यदिशाबारे छलफल भएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समिति बैठकका एजेन्डा र कार्यसूची तय गर्न सचिवालय बैठक आयोजना गरिएको हो। बैठकमा पार्टी समायोजन प्रक्रिया र भावी निर्वाचन रणनीतिलाई लिएर केन्द्रित छलफल भइरहेको उनले बताए।
सभापति रवि लामिछाने पुनः जिम्मेवारी सम्हालेपछि बसेको यो पहिलो सचिवालय बैठक रहेको छ।