News Portal

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

३१० पटक

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी नाका पछिल्ला वर्षहरूमा तस्करीको मुख्य केन्द्र बन्दै गएको छ। वर्षौंदेखि सिक्टीमा रहेको छोटी भन्सार कार्यालय कर्मचारीविहीन हुँदा अहिले सिक्टी, डाइनिया हुँदै दिनरात लाखौं रुपैयाँ बराबरको राजस्व छली तस्करी भइरहेको छ। स्थानीयका अनुसार प्रहरीको मिलेमतोमा तस्करहरू खुलेआम सक्रिय छन्।

सीमा क्षेत्रबाट करिब दुई किलोमिटर टाढा रहेको छोटी भन्सार कार्यालय कोरोना कालदेखि नै कर्मचारीविहीन छ। भन्सारको नाममा रहेको तीन कठ्ठा जग्गामा बाउन्ड्रीवालसहित दुईवटा पक्की भवन रहे पनि हाल ती भवन प्रयोगविहीन भई झारजंगलले घेरिएका छन्।

सिक्टी भन्सार कार्यालय सञ्चालनमा नआउँदा ठूला व्यापारीहरूले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमतोमा नेपालबाट गाईगोरु भारततर्फ लैजाने तथा भारतबाट आलु, प्याज, खाद्यान्न, लत्ताकपडा, हार्डवेयर सामग्री र सुर्तीजन्य पदार्थ अवैध रूपमा नेपाल भित्र्याउने गरेको बताइएको छ।

पछिल्ला केही महिनायता सिक्टी नाका सुरक्षित ठानेर तस्करहरूले दैनिक रूपमा ठूलो परिमाणमा टायल्ससमेत नेपाल भित्र्याउन थालेका छन्। ती टायल्स केरखा, विराटचोक, उर्लाबारी, झिल्लीले, दकम, लेटाङ, कानेपोखरी लगायतका मुख्य राजमार्ग क्षेत्रमा पिकअप भ्यानमार्फत पठाइने गरेको छ।

तस्करी नियन्त्रणका लागि भन्सारमा कर्मचारी खटाइदिन जनप्रतिनिधिहरूले सम्बन्धित निकायमा डेलिगेसन गएर जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीय मोहम्मद समशेर कमरले बताए।

सिक्टी, बलडङ्गा, डाइनिया, आमगाछी, धनापट्टी, चोप्राहा, सोराभाग, मायागन्ज, नोचा र गडरिया क्षेत्र रंगेली इलाका प्रहरी कार्यालयको मातहतमा पर्छन्। रंगेली प्रहरीले लागुऔषध नियन्त्रणमा केही सफलता पाए पनि तस्करी नियन्त्रणमा भने प्रभावकारी काम गर्न नसकेको स्थानीयको गुनासो छ।

नेपाल सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यले सिक्टी, धनापट्टी, रंगेली, नोचा, मायागन्ज लगायतका क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका बेस क्याम्प तथा प्रहरी चौकी स्थापना गरे पनि प्रहरीकै संरक्षणमा व्यापक रूपमा तस्करी भइरहेको आरोप स्थानीयले लगाएका छन्।

समयमै सम्बन्धित निकायहरूले उक्त क्षेत्रको अनुगमन गरी तस्करी नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...