News Portal

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

३७ पटक

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी नाका पछिल्ला वर्षहरूमा तस्करीको मुख्य केन्द्र बन्दै गएको छ। वर्षौंदेखि सिक्टीमा रहेको छोटी भन्सार कार्यालय कर्मचारीविहीन हुँदा अहिले सिक्टी, डाइनिया हुँदै दिनरात लाखौं रुपैयाँ बराबरको राजस्व छली तस्करी भइरहेको छ। स्थानीयका अनुसार प्रहरीको मिलेमतोमा तस्करहरू खुलेआम सक्रिय छन्।

सीमा क्षेत्रबाट करिब दुई किलोमिटर टाढा रहेको छोटी भन्सार कार्यालय कोरोना कालदेखि नै कर्मचारीविहीन छ। भन्सारको नाममा रहेको तीन कठ्ठा जग्गामा बाउन्ड्रीवालसहित दुईवटा पक्की भवन रहे पनि हाल ती भवन प्रयोगविहीन भई झारजंगलले घेरिएका छन्।

सिक्टी भन्सार कार्यालय सञ्चालनमा नआउँदा ठूला व्यापारीहरूले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमतोमा नेपालबाट गाईगोरु भारततर्फ लैजाने तथा भारतबाट आलु, प्याज, खाद्यान्न, लत्ताकपडा, हार्डवेयर सामग्री र सुर्तीजन्य पदार्थ अवैध रूपमा नेपाल भित्र्याउने गरेको बताइएको छ।

पछिल्ला केही महिनायता सिक्टी नाका सुरक्षित ठानेर तस्करहरूले दैनिक रूपमा ठूलो परिमाणमा टायल्ससमेत नेपाल भित्र्याउन थालेका छन्। ती टायल्स केरखा, विराटचोक, उर्लाबारी, झिल्लीले, दकम, लेटाङ, कानेपोखरी लगायतका मुख्य राजमार्ग क्षेत्रमा पिकअप भ्यानमार्फत पठाइने गरेको छ।

तस्करी नियन्त्रणका लागि भन्सारमा कर्मचारी खटाइदिन जनप्रतिनिधिहरूले सम्बन्धित निकायमा डेलिगेसन गएर जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीय मोहम्मद समशेर कमरले बताए।

सिक्टी, बलडङ्गा, डाइनिया, आमगाछी, धनापट्टी, चोप्राहा, सोराभाग, मायागन्ज, नोचा र गडरिया क्षेत्र रंगेली इलाका प्रहरी कार्यालयको मातहतमा पर्छन्। रंगेली प्रहरीले लागुऔषध नियन्त्रणमा केही सफलता पाए पनि तस्करी नियन्त्रणमा भने प्रभावकारी काम गर्न नसकेको स्थानीयको गुनासो छ।

नेपाल सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यले सिक्टी, धनापट्टी, रंगेली, नोचा, मायागन्ज लगायतका क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका बेस क्याम्प तथा प्रहरी चौकी स्थापना गरे पनि प्रहरीकै संरक्षणमा व्यापक रूपमा तस्करी भइरहेको आरोप स्थानीयले लगाएका छन्।

समयमै सम्बन्धित निकायहरूले उक्त क्षेत्रको अनुगमन गरी तस्करी नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...