
काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। धादिङको निलकण्ठ नगरपालिका-१३ घर भई ललितपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय सुजन आले मगरले वैदेशिक रोजगारको आकर्षक प्रस्ताव देखाएर एक जना पीडितबाट २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको छ।
पीडितको उजुरीपछि खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो। प्रहरीले सुजनलाई अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।